२०५२ सालमा चितवनमै जन्मिएकी २५ वर्षकी ममता पाण्डे एक सुन्दरी युवती हुन् । ६ वर्ष अघि चितवनमा सञ्चालन भएको मिस नर्स चितवन–२०१४ को उपाधि हात पारेसँगै उनी हालसम्म मोडलिङसँगै नजिक छिन् । जागिरबाटै राजिनामा दिएर मिस नर्स चितवन प्रतियोगितामा सहभागी भएकी ममता आखिर आफ्नो आत्मविश्वास र मेहनतका कारण आफूले उक्त सुन्दरी प्रतियोगिताको ताज चुम्न सफल बनिन् ।
२०१४ को मिस नर्स चितवनको टाइटल बिजेता बनेपछि भरतपुर सेन्ट्रल हस्पिटलमा काम गर्न थालिन, अध्ययनको सिलसिलामा केही समय अष्टे«लियाको बसाईपछि पुनः नेपाल फर्किएर श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरमा ब्याचलर अफ नर्सिङ दोश्रो वर्षमा अध्ययनरत छिन् । चितवनमा रहेका दर्जनौ सुन्दरी प्रतियोगितामा निर्णायकको भूमिका र विगत ४ वर्ष अघिबाट इभेन्ट अर्गानाईजरको रुपमा समेत काम गर्दै आईरहेकी ममता जिल्लामा हुने विभिन्न प्रतियोगिताका बिजेताहरु मध्ये सबैभन्दा फरक स्वभावकी र सबैकी प्रिय मानिन्छन् ।
सुन्दरी प्रतियोगिताले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको छ भन्ने कुरामा विश्वास गर्ने उनी भन्छिन्–मोडलिङको करिअर बनाउन मात्र होइन, प्रत्येक व्यक्तिले आफ्नो पहिचान बनाउन र आफूमा लुकेर रहेका प्रतिभाहरुलाई प्रष्टफुटन गर्दै आत्मविश्वास बढाउन पनि यस्ता प्रतियोगिताले सहयोग पु¥याउँछ । सानैदेखि नर्सिङ पेशातर्फ आर्कषित रहेकी उनी आफूले चाहेकै पेशामा रहेर अरुको सेवा गर्न पाउँदा आफू अन्यन्त गर्व महशुस गर्छिन् । जबसम्म बौद्धिकता सुन्दर हुँदैन तबसम्म त्यो व्यक्तिलाई सुन्दर भन्न नमिल्ने उनको तर्क छ । उनी भन्छिन्–कुनै एउटा टाइटल जित्दैमा म सफल भए भन्ने सोच्नु गलत हो । आफ्नो जीवनमा उक्त टाइटललाई कसरी प्रयोगमा ल्याउने र आफू अझ अघि बढ्ने भन्ने कुरामा ध्यान दिनुपर्नेमा उनको भनाई छ ।
आमा बनेपछि अझ सुन्दर र स्मार्ट हुँदै गएकी ममता घर–परिवार, पढाई सँगसँगै विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गर्दै साथै सामाजिक कार्यहरुमा अग्रसर हुँदै समय–समयमा विभिन्न सामाजिक समस्याका विरुद्ध आवाज उठाएर सक्रिय रुपमा लागि परेकी ममता वान स्टेप फाउण्डेशन नामक संस्थाकी अध्यक्ष पनि हुन् । स्मार्ट, हक्की, निडर स्वाभावकी उनी समयको व्यवस्थापन गर्न सक्ने र जस्तोसुकै परिस्थितिमा पनि हाँसेर सामना गर्ने उनी आफ्नो घर–परिवारको मात्र होइन हामी सबैकी प्रिय बन्न सफल भएकी छिन् ।




