भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १२ ले मंगलवार विहान वडामा डेङ्गी रोग विरुद्धको सचेतनामूलक ¥याली सम्पन्न गरेको छ । वडाका २३ वटा टोल विकास संस्था तथा आमा समूहलाई सहभागि हुन वडा कार्यालयले आह्वान गरे बमोजिम करिव २०० वटा मोटर साईकलमा वडावासीहरुको उत्साहजन सहभागिता रहेको उक्त ¥यालीको वडा कार्यालयबाट शुभारम्भ गर्दै वडा अध्यक्ष लेखराज पन्त (हरि )ले बढ्दै गएको डेङ्गी लगायत लामखुट्टेको कारणले सर्ने अन्य सरुवा रोगहरुबाट बच्न र बचाउँन सरसफाईको महत्ववारे प्रकाश पार्दै सरसफाईमा एकजुट भएर लाग्न सम्पूर्ण वडावासीलाई आह्वान गर्नु भएको थियो । सहभागि सवैले आ–आफ्नो छातीमा डेङ्गी विरुद्धका सचेतनामूलक भनाईहरु लेखिएका पोष्टरहरु टाँस गरी भरतपुर महानगरपालिका वडा नम्वर १२ को कार्यालयबाट सुरु भएको उक्त सचेतनामूलक ¥याली रामवेल चोक, कालिका टोल, गोन्द्राङ्ग, आस्था चोक, जिल्ला प्रशासन चोक, मालपोत चोक, जागृति चोक, घोलबजार, मुनाल चोक, धनगढा मन्दिर, नौरङ्गे, कालिका टोल हुँदै पुनः वडा कार्यालयमा पुगेर समापन भएको थियो । समापनका अवसरमा सहभागि सवै वडावासीलाई धन्यवाद दिदै वडा अध्यक्ष पन्तले वडामा सचेतनाको सुरुआत भएको र अव लगत्तै प्रत्येक टोल टोलमा सरसफाई तथा सचेतनामूलक कार्यक्रम अभियानकै रुपमा थालनी गरीने भएकोले टोल टोेलको सरसफाई र सचेतनामा सहभागि हुन सवैलाई आह्वान गर्नु भएको थियो । कार्यक्रमको अन्तमा भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख ओमप्रसाद पाण्डेले महानगरपालिकाले टोल विकास संस्थालाई जिम्मेवार बनाएर संस्था मार्फत सचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने र टोल टोलमा सरसफाई गर्ने कार्यक्रम राखेको र भरतपुर महानगरपालिका वडा नम्वर १२ ले उत्साहजनक सहभागितमा सचेतनामूलक ¥याली सम्पन्न गरेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण वडावासीहरु प्रति आभार व्यक्त गर्नु हुँदै सचेतनामूलक ¥यालीको समापन गर्नु भएको थियो ।
वडा नम्वर १२ मा सचेतनामूलक ¥याली सम्पन्न
वडा नम्वर १२ मा सचेतनामूलक ¥याली सम्पन्न
तपाईको प्रतिक्रिया




