• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

व्यापार नीतिमा महिलालाई मुख्य प्रवाहमा ल्याइदै


  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
  • काठमाडौं/व्यापार तथा यस सम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने लैङ्गिक सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्बन्धित नीति निर्माताको क्षमता अभिवृद्धि गर्न तथा सम्बद्ध सरोकारवालाहरूसँगको परामर्शका लागि ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्र(आइटिसी) को शि ट्रेड इनिसियटिभ्स् (SheTrades Initiatives)को संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूलप्रवाहीकरण कार्यशाला आयोजना भएको हो। कार्यशालाको पहिलो दिन व्यापार र लैङ्गिक, अन्तर्राष्ट्रिय सम्मेलनहरू, र व्यापारमा महिला सहभागिता, विकल्पहरू, र नीति मार्फत महिला सशक्तिकरणका कदमहरू, र लैङ्गिक मूलप्रवाहमा अन्य देशहरूमा राम्रो अभ्यासहरू प्रवर्द्धन गर्ने उपकरणहरू सम्बन्धी प्रमुख मुद्दाहरूबारे प्रस्तुति रहेका थिए । साँढे दुई दिने उक्त कार्यशालाले व्यापार नीतिहरूमा लैङ्गिक मूलप्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालाहरूलाई यसबारे बुझाउने र महिला व्यवसायिक संघहरूलाई यस सम्बन्धी नीतिगत प्रस्तावहरू तयार गर्न आवश्यक परामर्श गर्दैछ।उक्त अवसरमा आइटिसीद्धारा तयार पारिएको सि-ट्रेड आउटलुकले औल्याएका विषयहरूबारे सम्बद्ध विज्ञहरू र सरकारी निकायहरू, महिला संगठनहरू, र विकास साझेदारहरू निकायका प्रतिनिधिहरूसँग छलफल गरिदैछ। यस कार्यशालामा सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूका लागि आफ्ना अनुभव र सिकेका पाठहरू आदान प्रदान गरिनुका साथै महिलाहरूको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपायहरू खोजिने छ।यस अवसरमा महिला व्यवसायीहरूव्यापारमा उनीहरूको सहभागिता प्रवर्द्धन गर्ने नीतिगत प्राथमिकताहरूमा छलफल गर्ने छन् । महिला उद्यमीहरूलाई व्यापारको मुलप्रवाहमा ल्याउनको लागि कार्यशालामामहिलाहरूद्धारा नै तयार पारिने नीति दस्तावेजलाई नीति निर्माताहरू समक्ष पेश गरी कार्यान्वयनको लागि पहल गरिने छ । यस कार्यशालाले व्यापारमा महिलाहरूको सहभागिता बढाउनअनुकूल वातावरण सृजना गर्ने र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूमा महिलाहरूको बढी पहुँचको लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त अवसरमा आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाई व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने बताइन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीचको समन्वय आवश्यक रहेको बताए । नेपालका लागि इयु डेलिगेसनकी सहयोग उप प्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले धेरै अन्तर्राष्ट्रिय महासन्धि र उपकरणहरूले महिलाहरूलाई व्यापारमा उनीहरूको भूमिकालाई प्रोत्साहन गर्न समावेशी र लैङ्गिक उत्तरदायी अवसरहरूको परिकल्पना गरेको बताउँदैमहिलाहरूलाई व्यापारको मुल प्रवाहिकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायहरूबीच सामूहिक प्रयासहरू गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

    Advertisement

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.