चितवन/होटल व्यवसायी संघ–चितवनको अध्यक्षमा लोकनाथ भट्ट (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् । नारायणगढमा भएको २७औँ वार्षिक साधारणसभा तथा १३औं अधिवेशनबाट भट्टको नेतृत्वमा १२ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ समितिको उपाध्यक्षमा ऋषिकेश अर्याल, जनक पौडेल, यज्ञबहादुर कार्की, कमला गुरुङ निर्विरोध निर्वाचित भए । यस्तै महासचिवमा रामबहादुर गुरुङ, सचिवमा कृष्णकुमार महतो, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा फणिन्द्र न्यौपाने, विकास गुरुङ र डोलबहादुर गुरुङ चयन भएका छन् ।
Advertisement






