• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, कार्तिक ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ३. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ४. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ५. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

१२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • सौराहा/चितवनको पर्यटकीय नगरी सौराहामा शनिबार हात्तीलाई बनभोज खुवाइएको छ । १२औं विश्व हात्ती दिवसको अबसरमा सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खिर, केक सहित बनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती बनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६५ वटा हात्तीलाई लस्करै राखेर मिष्ठान्न भोजन गराइयो

    Advertisement

    कार्यक्रमका प्रमुख अतिति चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले हात्तीलाई केक खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । चामल र भेलीको खिर र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजा खुवाइएको छ । सौराहाको पर्यटन विकासमा हात्तीको महत्व दर्साउदै सफारी पर्यटनलाई जिवित राख्ने उद्देश्यले हात्ती दिबस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए ।

    मानव र हात्तीको बीचमा उत्पन्न भएको असमझदारीलाई हल गर्दै हात्ती संरक्षणमा जनभावना अभिवृद्धि गर्न आवश्यक रहेको खतिवडाले बताए । कार्यक्रममा चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा विजय कुमार श्रेष्ठले नेपालमा हात्तीको अबस्था, महत्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएको थिए । आहार, खानपान र स्वास्थ्य उपचारको हिसाबले हात्ती पाल्न मुश्किल रहेको भन्दै निजी स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको उनले बताए ।

    प्रमुख संरक्षण अधिकृत पुर्जापुनले सरकारले निजी स्तरमा पालेका हात्तीको दर्ता प्रक्रिया सुरु गरेको बताए । सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विबरण संकलन गरिरहेको भन्दै नेपालमा १५० वटा हात्ती निजी स्तरमा पालेका हात्तीहरु रहेको उनले जानकारी दिए । सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उनको भनाई छ । चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा निजी स्तरमा पालेका ५० वटा हात्ती छन् ।

    प्रमुख संरक्षण अधिकृत पुर्जापुनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षिय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहाको सहआयोजना तथा लायन्स क्लव अफ सौराहा वाइल्डलाइफ सिटि, लायन्स क्लव अफ चितवन कम्युनिटी हेल्पको सहयोगमा दिबस मनाइएको हो ।

    युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम चितवन वनकी सचिव रिता थापाले सञ्चालन गरेकी थिइन् । युनाइटेडका उपाध्यक्ष शम्भूप्रसाद मालीले धन्यवाद मन्तव्य राखेको सो कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, क्षेत्रीय होटल संघका ऋषि तिवारी, बाघमारा वनका सचिव कृष्ण भट्ट,रेवानका महासचिव सुर्यबहादुर रिमाल लगायत सौराहाका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    • ४.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई

    • ५.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.