चितवन/भरतपुर माडी ठोरी हुलाकी सडक रुट अन्तर्गत पर्ने बिश्व सम्पदा सुचिमा रहेको चितवन राष्ट्रिय निकुञ्ज कसरा र बनकट्टा पोष्टमा पक्की शौचालयको अपर्याप्तता देखिएको छ । भरतपुर माडी ठोरी हुलाकी सडक रुट भएर चल्ने झन्डै दिनमा ७०० भन्दा बढी साना तथा ठुला सवारी साधनहरु आवतजावत गर्ने गर्छन् । यात्रा गर्ने यात्रुहरु प्रयाप्त पक्की शौचालयको अभावमा पर्ने गरेका छन् । भने त्यस क्षेत्रमा पिसाब घरका लागि बनाइएका अस्थायी शौचालय जुन जस्तापाता र टिनको बार लगाएर बारिएका शौचालय पानीको अभावमा दुर्गन्धित भएका हुन् ।
शौचालयको अभावमा जथाभावी हुने दिसापिसाबले बाताबरणमा नराम्रो असर पार्ने देखिन्छ । अन्तर्राष्ट्रिय देशमा समेत ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा दिसापिसाबका लागि ब्यबस्थित पक्की शौचालयको अभाव हुनुले नेपालको परिचयमा खलल पुर्याउन सक्ने जानकारहरु बताउँछन् । जथाभावी हुने दिसापिसाबले वरपरको बाताबरण दुर्गन्धित हुनुका साथै विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने हुँदा यसप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।
Advertisement




