• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

१६ हजार मानिससँग २७ अर्ब ठगेकी महिलालाई एक लाख ४१ हजार ७८ वर्ष कैद सजाय १


  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित
  • १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक थाई महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको छ । यतिसम्म कि ती महिलाले थाई राजपरिवारका सदस्यलाई पनि छोडेकी थिइनन् र अरबौं रुपैयाँ ठगेकी थिइन् । सुन्दैमा पत्याउन गाह्रो पर्ने यो कहानी एक यस्ती महिलाको हो जसले विश्व इतिहासमै अहिलेसम्मकै लामो जेल सजाय पाएकी थिइन् । उनलाई कुनै गोप्य जेलमा राखिएको थियो । तर विडम्बना झण्डै डेढ लाख वर्षको जेल सजाय पाएकी ती महिला जम्मा ८ वर्ष जेल बसेर छुटिन् ।

    Advertisement
    ती महिलाको नाम चामोए थिप्यासो हो । उनी सन् १९८० को दशकमा थाइल्याण्डमा मात्र नभई दक्षिणपूर्व तथा दक्षिण एसियामा पनि चर्चित थिइन् । उनले एक चिट फण्ड कम्पनी खडा गरेर लगानीको उच्च प्रतिफल दिने लोभ देखाउँदै १६हजार २३१ जनालाई ठग्न सफल भएकी थिइन् । ती मानिसहरुले लगानीका लागि भन्दै जम्मा गरेको २७ अर्ब रुपैयाँभन्दा धेरै रकम उनले दम्पच पारिन् । ठगीमा पारंगत ती महिलालाई सन् १९८९ मा थाई अदालतले एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय सुनाएको थियो । विश्व इतिहासमा यो कुनै पनि व्यक्तिले पाएको हालसम्मकै लामो जेल सजाय हो ।

    डेलीमेलका अनुसार चामोएले सन् १९६० मा बचत योजनाको नाममा एक कम्पनी सुरु गरेकी थिइन् । त्यसबेला उनी थाइल्याण्डको सरकारी तेल कम्पनी पेट्रोलियम अथोरिटी अफ थाइल्याण्डकी कर्मचारी थिइन् । बचत योजनामा लगानी गर्नेलाई शेयरको रुपमा तेल बण्ड दिइने र त्यसबाट उच्च प्रतिफल प्राप्त हुने भन्दै उनले बताएकी थिइन् । त्यस्तो झुटो आश्वासनमा फसेर थाइल्याण्ड र भारतका समेत कैयन् मानिसहरुले उनको कम्पनीमा लगानी गरे र उनीहरुको पैसा डुब्यो । उनले मे चामोए फण्ड नामको एक फर्जी कम्पनीको माध्यमबाट अनेक खालका हतकण्डा अपनाएर थाई राजपरिवारलाई समेत ठगिन् । उनले लगानीकर्तालाई लोभ्याउनका लागि शाही परिवारका विभिन्न सदस्यका नामको दुरुपयोग गर्थिन् ।

    वास्तवमा उनले चिनेजानेका केही व्यक्ति रोयल थाई वायुसेनामा थिए । तिनै अधिकारीहरुलाई नाम भजाएर उनले लगानीकर्ताहरुलाई उनको कम्पनी कानूनी रुपमा बलियो तथा विश्वसनीय रहेको भ्रम पार्न सफल भइन् । जसका कारण हजारौं मानिसहरु विश्वासमा परेर लगानी गरे । शाही परिवारका केही सदस्य तथा सैन्य अधिकारीहरु पनि उनको जालमा फसेका थिए । उनीहरुले चामोएको कम्पनीमा मोटो रकम लगानी गरेका थिए । तर उनको कम्पनी तथा गतिविधिहरु सबै गैरकानूनी तथा फर्जी रहेको पाइएपछि सबैको होसहवास उडेको थियो । पछि उनलाई पक्रिएर सरकारको सहयोगमा सबै पीडितको रकम फिर्ता गरिएको थियो ।

    उनले नक्कली कम्पनी खडा गरेर ठगी गरिरहेको खुलासा भएपछि सरकारले त्यो कम्पनीलाई बन्द गराएर उनलाई पक्राउ गर्यो । त्यसपछि वायुसेनाले उनलाई कैयन् दिनसम्म गोप्य स्थानमा राख्यो र उनीमाथि अदालतमा मुद्दा दायर गरियो । अदालतले सन् १९८९ मा उनीविरुद्ध १ लाख ४१ हजार ७८ वर्षको जेल सजायँ सुनायो । तर यतिधेरै जेल सजाय सुनाइएकी चामोए जम्मा ८ वर्ष जेलमा बसेपछि मुक्त भइन् ।

    आखिर किन? किनकि उक्त घटनापछि थाइल्याण्डमा एक नयाँ कानून लागू भयो । जस अनुसार धोकाधडी तथा ठगीको मामिलामा कुनै पनि दोषीलाई २० वर्षभन्दा धेरै समय जेलमा राख्न पाइँदैनथ्यो । स्मरण रहोस् चामोएले पाएको एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय विश्वको सबैभन्दा लामो जेल सजायको रुपमा गिनिज बुकमा दर्ज छ ।

    बिहिबार, साउन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.