क्षेत्रपुर/लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गत क्लष्टर नम्बर ४ का सम्पूर्ण क्लबका अध्यक्ष तथा सचिव र सम्बन्धित सम्पूर्ण जोन तथा रिजन चेयर पर्सन हरुको सहभागितामा My Lion र My LCI मा रिपोर्टिङ कसरि गर्ने भन्ने अनुशिक्षण कार्यक्रम अर्थात् ORIENTATION PROGRAM ON ONELINE REPORTING My Lion WMAR & My LCI WMMR कार्यक्रम नेपालमा लायन्स क्लबको स्थापना भएको दिनका अवसरमा ९ अगस्ट २०२३ मा होटल दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई क्लब स्तरमा पुर्याउन जरुरी रहेको आवश्यकता लाई महसुस गरि Evaluation Mentor PDG लायन राजकुमार श्रेष्ठको अगुवाइमा क्लष्टर चिफ लायन बिनिता नेपालको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि आदरणीय निवर्तमान गभर्नर लायन सिद्धार्थ लाल चुकेले Online Reporting Training कार्यक्रम प्रभावकारी रहेको र सबै सहभागी हरुलाई लाभान्वित हुन र संचालित कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा सहभागिहरु लगायत अतिथिहरुलाई कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्दै पूर्व डिष्ट्रिक्ट गभर्नर लायन राजकुमार श्रेष्ठले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो कार्यक्रममा डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन राजेन्द्र गौतम र लायन दिपेन्द्र खतिवडा लाई साथमा लिएर लायन निरज श्रेष्ठले प्रभावकारी रुपमा सहजिकरण गर्नुभएको थियो।

उक्त अवसरमा डिष्ट्रिक्टका 1st VDG लायन दिननाथ न्यौपाने, 2nd VDG लायन नवराज सापकोटा, ओमेन अनररी सेल सदस्य लायन रचना चुके, अनररी ओमेन सेल सदस्य तथा पिआर ओ इन चिफ लायन दुर्गालक्ष्मी श्रेष्ठ, एक्जुकेटिभ चिफहरु , एक्जुकेटिभ को चिफ लायन बालगोपाल चुके, एडिस्नल क्याविनेट ट्रेजरर लायन शंकर नेपाल, क्लष्टर २ का क्लष्टर चिफ लायन मधुर नेपाल ,रिजन तथा जोन चेयर पर्सन ज्यूहरु र सहभागी २३ वटा क्लवका अध्यक्ष सचिवहरुको उपस्थिति रहेको कार्यक्रम जोन चेयर पर्सन लायन कृपा राजभण्डारीले संचालन गर्नु भएको थियो ।





