• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एक्सपर्टले पुरस्कार वितरण तथा सहयोग सामग्री हस्तान्तरण गरेर २०औं स्थापना दिवस मनायो

"पत्रकार पौडेललाई एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार "

  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • चितवन/एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखाले आज (मंगलबार) भव्य रुपमा २०औं वार्षिकोत्सव मनाएको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्प (आफ्नै भवन) मा आयोजित विशेष कार्यक्रममा विभिन्न पुरस्कार वितरण तथा सहयोग सामग्री हस्तान्तरण गरेर स्थापना दिवस मनाइएको हो । विशेष समारोह कार्यक्रम केक काटेर समुद्घाटन गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले एक्सपर्टले विद्यार्थीलाई परामर्श मात्र नदिई सामाजिक क्षेत्रमा पनि उल्लेखीय योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमीलाल सुवेदी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    Advertisement

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चीरञ्जीवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर हाइट टोल विकास संस्थाकी अध्यक्ष मञ्जु पाठक, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारील गायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा चितवनको इच्छाकामना गाउँपालिकास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङलाई खेलकुदका सामग्री प्रदान गरिएको थियो । एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी, प्रमुख अतिथि जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरलाई हस्तान्तरण गरेका थिए ।

    सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट यात्रा थालेको एक्सपर्ट हाल विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको छ । अगष्ट ८ कै दिन एक्सपर्टले विश्वभर नै स्थापना दिवस मनाउँदै आइरहेको छ । एक्सपर्टले हाल अष्ट्रेलियासंगै क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायत देशमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ ।

    कार्यक्रममा सहभागिहरुलाई एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत गर्नुभएको थियो । सो क्रममा एक्सपर्ट चितवनले हालसम्म गरेका क्रियाकलापहरु समेटिएको भिडियो सामग्री प्रदर्शन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    पत्रकार पौडेललाई एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार

    कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेल ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२३’बाट पुरस्कृत भएका छन् ।एक्सपर्टको २०औं वार्षिकोत्सव समारोहको अवसरमा  आयोजित विशेष कार्यक्रममा पौडेललाई नगद २५ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारीलगायतले दोसल्ला, नगद र सम्मानपत्रले पुरस्कृत गरेका हुन् ।

    वि.सं२०३५ साल भदौं २२ गते चितवनको नारायणगढमा जन्मिएका पत्रकार पौडेलले २०५७ साल कात्तिकदेखि चितवन पोष्ट दैनिकबाट व्यावसायीक पत्रकारिता सुरु गरेका हुन् ।२०६६ सालदेखि नागरिक दैनिकमा आवद्ध भएका पौडेल २०७४ साल फागुन यता भने कान्तिपुर दैनिकमा कार्यरत छन् ।

    ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ का विजेतालाई पुरस्कार प्रदान

    एक्सपर्टको २०औं वार्षिकोत्सवको अवसरमा चितवन शाखाले आयोजना गरेको ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।वार्षिकोत्सव विशेष समारोहमा अवसरमा आज फुटसलका विजेता अर्किड कलेज भरतपुर, उपविजेता नारायणी बहुप्राविधिक विद्यालय भरतपुर र तृतीय स्थान हासिल गरेको एपेक्स कलेजलाई नगद, ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिएको थियो ।

    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्ली राम अधिकारी, चितवन जिल्ला फुटलब संघका अध्यक्ष श्रीकृष्ण कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । चितवनका ३२ वटा विद्यालय तथा कलेजहरुको सहभागिता रहेको प्रतियोगिता एक्सपर्ट चितवनको सहकार्यमा चितवन जिल्ला फुबल संघले आयोजना गरेको थियो ।प्रतियोगिताको फाइनलमा अर्किडले एनपीआइलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

    रत्ननगरमा खुल्ला रक्तदान कार्यक्रम

    २०औं वार्षिकोत्सवको अवसरमा एक्सपर्ट रत्ननगर शाखाले मंगलबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । एक्सपर्ट कार्यालय बकुलहर चोक परिसरमा विहान भएको रक्तदान कार्यक्रममा कुल १३२ जनाले रक्तदान गरेको एक्सपर्ट बकुलहरकी मीना तिमिल्सनाले जानकारी दिइन् । रक्तदान कार्यक्रमको स्वस्ती वाचन गरेर समुद्घाटन गरिएको थियो ।

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.