• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुर महानगरको बजार अनुगमन प्रभावकारी बन्दै

"महानगरको उजुरी पेटिकामा उजुरी आउने क्रम बढ्दो "

  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाको दैनिक नियमित बजार अनुगमन थप प्रभावकारी बन्दै गएको छ । महानगरपालिकाले बजारमा स्वच्छता कायम गर्ने र उपभोक्ताहरु नठगिउन भन्ने उद्वेश्यले बजार अनुगमन कार्यलाइ निरन्तरता दिइरहेको छ । बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । गत आर्थिक बर्ष देखि नै महानगरले बजार अनुगमन कार्यलाइ तिब्र रुपमा कडाइका साथ निरन्तरता दिदै आएको छ ।

    Advertisement

    चालू आर्थिक बर्ष २०८०/८१ शुरु भए देखि नै महानगरमा दैनिक उपभोग्य बस्तुहरु माथी हुँदै आएको अबैज्ञानिक मुल्यवृद्धि र अखाद्य बस्तुहरुको बारेमा व्यापक जनगुनासो तथा उजुरी आउने क्रम बढेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठनेश्वर सापकोटाले बताए । अहिले महानगरको उजुरी पेटिकामा दैनिक जसो उपभोक्ताको गुनासोले भरिएका उजुरीहरु आउने गरेको र तत्काल नै महानगरको बजार अनुगमन समिति एक्सन उत्रने गरेको पनि सापकोटाले जानकारी दिनु भयो । सोमबार भरतपुरका विभिन्न क्षेत्रहरुमा महानगरले बजार अनुगमन गरेको छ । भरतपुर १६ शिबघाटमा रहेको नेवारी किचन,जलकपुर होटल एण्ड रेस्टुरेन्ट,होटल ओकायरी,र भगेरीथान कटेजमा महानगरले सोमबार छड्के स्थलगत अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा अधिकाश होटलहरुले सरसफाइमा ध्यान नदिएको,मूल्य सुची नराखेको, वडा कार्यलयमा दर्ता नगरी सन्चालन गरेको,उपभोक्तासग अस्वभाविक मूल्य लिइएको,एमआरपी भन्दा बढी मुल्यमा दैनिक उपभोग्य बस्तु बिक्री बितरण गरेको पाइएको छ । त्यस्तै भगेरीथान कटेजले सरसफाइमा हेलचक्राइ गरेको भन्दै अनुगमन समितिले पाँच हजार रुपैयाँ जरिवाना लगाएको छ । त्यस्तै गरि भरतपुर १९ शारदानगरमा रहेको पिन्ची रेस्टुरेन्टलाई पनि सरसफाइमा बिशेष ध्यान नपुर्‍याएको भन्दै दुई हजार रुपैयाँ जरिवाना गरिएको छ । शारदानगर मै रहेको पबित्रा एण्ड ब्रदर्श( खाद्य पसल)बाट ठूलो परिणाममा बेच्न राखिएका अखाद्य बस्तु (म्याद नाघेका) बरामद गरिएको छ । बरामद गरिएका सामानहरुमा घ्यु ५ लिटर,चकलेट ६ बट्टा,पतन्जली अचार ४ बट्टा,अमिलो,सुजि बत्ती बाल्न प्रयोग गरिने रासायनिक तेल १६ बट्टा बरामद गरिएको छ । बरामद गरेका उक्त सामाग्रीलाई जनप्रतिनिधि,पत्रकार,कर्मचारी र अन्य सरोकारवालाहरुको रोहबरमा महानगर हाता भित्र खाल्डो खनी नष्ट गरिएको छ । स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति अनुगमनमा सक्रिय रहेको छ । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली नै बनाएर बजार अनुगमनमा पठाएको छ । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ । उपभोग्य सामान मात्र विक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

    बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो । ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ ।   उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ । बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । बस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ ’ उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले भन्नू भयो । अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.