• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

‘सरकरको कमजोर नीतिले भारतीय फूलसँँग प्रतिस्पर्धा गर्न समस्या’


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • चितवन/भारतबाट आयात हुने फूलका कारण स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन मुस्किल हुने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।  फ्लोरिकल्चर एसोसिएसन चितवनको चौथो अधिवेशन तथा साधारण सभाका वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । एसोसिएसनका केन्द्रीय अध्यक्ष मिनबहादुर तामाङले सरकारको कमजोर नीतिका कारण नेपालका पुष्प व्यवसायीहरु मर्कामा परेको बताए । भारतबाट आयात हुने फूल नेपाली उत्पादकहरुका लागि चुनौती बनेको तामाङको भनाइ छ ।

    Advertisement

    सरकारले भारतबाट आउने फूलमा भन्सार महसुल वृद्धि गरेर यहाँको फूल प्रवर्द्धन गर्नुपर्नेमा उल्टै कर लगाएर थप समस्या बढाएको उनले बताए । ‘राज्यको नीति कमजोर भयो, भएको नीतिको पनि कार्यान्वयन पक्ष त्यस्तै कमजोर छ । भारतबाट आउने फूलमा भन्सार महसुल वृद्धि गर्नुपर्नेमा कर लगाउँदा नेपाली फूलको मूल्य पनि बढ्यो’, उनले भने ।

    भारतबाट सस्तोमा फूल नेपाल भित्रिदा स्थानीय उत्पादनले बजार नपाउने उनको भनाइ छ । भारतबाट सस्तोमा फूल आयात हुने र लागत मूल्य नै बढी रहेको नेपाली फूलमा पनि कर लाग्दा भारतीय फूलसँग प्रतिस्पर्धा गर्नै समस्या हुने गरेको उनले बताए । यस बिषयमा कृषि मन्त्रालयमा छलफल चलिरहे पनि तत्काल कर हट्ने अवस्था नरहेको भन्दै उनले गुनासो पोखे । देश संघीयतामा गएपछि समग्र कृषि क्षेत्र झनै ध्वस्त भएको उनको आरोप छ ।

    यस्तै प्लास्टिक जन्य फूलको आयात, भण्डारण र बिक्री बितरणमा सरकारले रोक लगाए पनि कार्यान्वयन पक्ष निकै फितलो भएको उनको भनाइ छ । उनले मन्त्रीकै निर्देशनमा फेरि प्लास्टिकका फूल आयात हुने गोप्य सूचना आफूले पाएको भन्दै खबरदारी गरे । ‘सरकारले प्लास्टिक जन्य फूलको आयात, भण्डारण र बिक्री बितरणमा रोक लगाउने निर्णय त गर्‍यो । तर कार्यान्वयन नहुँदै तुहिने अवस्थामा छ’, उनले भने ।

    यस्तै भारतबाट बिना क्वेरन्टिन भित्रिने फूलले रोगको जोखिम बढ्ने भन्दै उनले चिन्ता व्यक्त गरे । उनले कन्द्र सरकारमा रहेको पुष्प बिकास केन्द्र बागमती प्रदेश सरकारमा सार्दा समस्या पनि निम्तिएको बताए । ४८ जिल्लाका किसानले पुष्प खेती गर्ने भएकोले सरकारको यो निर्णयले अन्य प्रदेश भित्रका जिल्लाका किसानलाई समस्या हुने गरेको बताए ।

    भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले फूल खेती विस्तारै व्यवसायिक हुँदै गएको बताए । उनले फूल खेति र नर्सरीमा भरतपुर अग्रणी स्थानमा रहेको भन्दै फूल भण्डारणका लागि स्टोरको आवश्तकता औंल्याए ।

    खैरहनी नगरपालिकाका कृषि बिकास अधिकृत गौरव न्यौपानेले नेपालमा फूलको प्रयोग बढे पनि भारतबाट आयात बढ्दा यहाँका उत्पादनले बजार नपाएको बताए । व्यवसायीहरुले पनि आयातित फूलमा बढी जोड दिनु दु:खद भएको उनको भनाइ थियो । चितवनको माग यहीको उत्पादनले धान्न सक्ने भन्दै स्थानीय उत्पादनमा जोड दिने उनले आग्रह गरे ।

    रत्ननगर नगरपालिकाका कृषि बिकास अधिकृत प्रविण लामाले भारतबाट आयातित फूलसँग  प्रतिस्पर्धा गर्न स्थानीय उत्पादकहरु वाध्य भएको बताए । भारतबाट सस्तोमा फूल आयात हुने र यहाँ लागत मूल्य बढी हुँदा फूलको महङ्गो हुने उनको भनाइ छ । ग्रीन हाउस नहुँदा यहाँ उत्पादित फूल दुई दिन पनि टिक्न नसक्ने समेत उनले बताए । चितवन फूलको हब बन्न सक्ने भन्दै उनले अब यस्ता बिषयमा अध्ययन आवश्यक रहेको औंल्याए ।

    पुषप बिकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले पुष्प व्यवसायी संगठित हुनुपर्नेमा जोड दिए । उनले केन्द्र बागमती प्रदेशका सर्दा झनै प्रभावकारी भएको दाबी गरे । ‘पुष्प बिकास केन्द्र प्रदेशमा सर्दा समस्या होइन अझै प्रभावकारी भएको छ’, उनले दाबी गरे ।  नेपालमा ८० प्रतिशत फूल बागमती प्रदेशमा नै उत्पादन हुने गरेको बताए । केन्द्रले नेपालभर नै कार्यक्षेत्र बनाएर काम गर्ने हुँदा यो ठूलो समस्या नहुने उनको भनाइ छ ।

    उनले पुष्पलाई बिउ बिजनको परिभाषा भित्र सूचिकृत गर्न नहुने तर्क गरे । यसको लागि नियमावली बनिरहेको उनले बताए । नियमावली बनेपछि धेरै समस्या समाधान हुने उनको दाबी छ । नियमावली तयार हुन अझै करिब ६ महिना लाग्ने भन्दै उनले त्यती बेलासम्म के गर्ने भन्ने बिषयमा छलफल चलिरहेको बताए । नेपालमा फूलमा करिब करिब आत्मनिर्भर भएको दाबी गर्दै उनले प्रदेश सरकारले सयपत्री फूल प्रवर्द्धनका लागि एक करोड बजेट विनियोजन गरेको जनाकारी दिए ।

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.