• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • लासा/मित्र राष्ट्र चीनको तिब्बत प्रान्तको भ्रमणमा रहनुभएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा गर्नुभएको छ । शुक्रबार साँझ तिब्बतको राजधानी लासामा आयोजित विशेष कार्यक्रममा प्रमुख दाहालले निमन्त्रणा–पत्र प्रदान गर्नुभयो । अध्यक्ष यान चिनहाई नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाटको क्रममा प्रमुख दाहालले नेपाल र चीनसँगको सम्बन्ध र तिब्बतको लासासँगको साँस्कृतिक र राजनीतिक सम्बन्धको बारेमा चर्चा गर्दै भरतपुर र तिब्बत बीचको पारस्परिक हित र समग्र  विकासको बारेमा महामहिम  अध्यक्षलाई स्मरण गराउनुभएको थियो ।
    सो अवसरमा अध्यक्ष यान चिनहाईले नेपालको स्थानीय सरकारको  प्रमुखको रूपमा पहिलो पटक स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल र नेपाली जनताको बृहत्तर हितमा सधै लागिरहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष यान चिनहाईले चीन सरकार र नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरूको आपसी भेटघाटले नेपाल र चीन बीचको जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याएको धारणा राख्नुभएको थियो । नेपालले विश्व मञ्चमा एक चीन नीतिको पक्षमा आफ्नो दृढ धारणा राख्दै आएकोमा नेपाल सरकार र नेपाली जनतालाई तिब्बत प्रान्त र चिनियाँ सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

    Advertisement


    भेटघाटमा महामहिम यान चिनहाईले भरतपुर महानगरपालिकाले वर्ष २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा उत्सवको रूपमा मनाउन लागेकोमा खुसी व्यक्त गर्दै वर्ष २०२४ मा समय मिलाएर आफु भरतपुर आउने बताउँदै तिब्वती नागरिकलाई नेपाल र भरतपुरको भ्रमण गर्न प्रेरित गर्ने बताउनुभयो । भेटका क्रममा चीनले नेपालसँग सीमा जोडिएको सबै नाकाहरू छिट्टै खोली आवात–जावत र व्यपार आदन प्रदानलाई सहज बनाउदै लैजाने नीति चीनले लिएको बताउनुभयो । महामहिम यान चिनहाईले भरतपुरले तिब्बतको सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ गरेको बताउदै भरतपुरले सिगात्सेको लागि पशु आहार साईलेज प्रदान गरेको प्रति महानगर प्रमुख दाहाल र भरतपुरका जनताप्रति आभार व्यक्त गर्नुभयो ।
    सो अवसरमा भ्रमण दलके तर्फबाट भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल र चीनबीच समयसमयमा हुँदै आएका उच्चस्तरीय भ्रमण आदानप्रदान दुई देशबीच रहिआएको घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम भएको उल्लेख गर्नुभयो । नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको बताउनुभयो । नेपाल र चीनबीच रहिआएको सम्बन्ध जनस्तमा समेत प्रगाढ बनाउन भरतपुर महानगर र तिब्ब्तको सिगात्से सहरबीच भागिनी सम्बन्ध स्थापनाको कार्य अघि बढेको उहाँको भनाई थियो । भागिनी सम्बन्ध विस्तार भएपछि दुवै महानगरहरुले जनताको जीवनस्तर सुधार्ने सम्बन्धमा एक आपसमा अनुभव र क्षमता आदान प्रदान हुने अपेक्षा लिएको बताउनुभयो । साथै आर्थिक सामाजिक क्षेत्रमा हुने सहकार्यबाट आयात निर्यात तथा व्यापरिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
    चीनको तिब्बत सरकारले नेपाल सरकारलाई निरन्तर प्रदान गरी रहेको आर्थिक प्राविधिक सहयोगको पुन स्मरण गर्दे भरतपुर महानगरको विकासमा समेत थप अर्थिक प्राविधिक सहयोगको लागी अनुरोध गर्नुभयो । साथै भरतपुरमा चीनीया लगानी बढाउन र भरतपुर महानगरले घोषणा गरेको भरतपुर भ्रमण बर्ष सन २०२४ लाई सफल बनाउन चिनिया पर्यटकलाई नेपाल र भरतपुर नगरपालिका भ्रमण गर्न अभिप्रेरित  गराउने कार्यमा महामहिमको सदभावको अपेक्षा राख्नुभयो ।
    शुक्रबार साँझ उच्त स्तरीय भेटघाटपछि महामहिम यान चिनहाईले  नेपाली प्रतिनिधि मण्डलको सम्मानमा रात्री भोजको आयोजना गर्नुभएको थियो । रात्रीभोजमा उपाध्यक्ष चेन योङ्गकी, सचिव लाई हङजुन, कृषि विभागका निर्देशक जाना हाईबो, सिगात्से सिटीका मेयर वाङपmङहङ लगायतको उपस्थिति रहेको थियो । भने नेपाली प्रतिनिधि मण्डलका उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नेरन्द्र राना, प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारी, विज्ञ सल्लाहकार अनिल कुमार पाठक र ईन्जिनियर साकार लामाको उपस्थिति रहेको थियो । उच्च स्तरिय भेटधाटमा लासा स्थित नेपाली महावाणिन्ज्य दुत नवराज ढकालको समेत सहभागिता रहेको थियो ।
    यस्तै उच्चस्तरीय भेटघाटअघि भरतपुर महानगर प्रमुख दाहाल नेतृत्वको प्रतिनिधि मण्डललाई महावाणिज्य दुत नवराज ढकालले लासास्थित दुतावास भवनमा स्वागत गर्नुभएको थियो। सो अवसरमा वाणिज्य दुतावसले तिब्बत प्रान्तमा नेपाल र नेपाली जनताको हितमा गरेका कामहरू र लासा सहरको बारेमा जानकारी गराउनुभएको थियो । भेटका क्रममा महानगर प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लाई तिब्वती नागरिकहरूलाई भरतपुर भ्रमण गराई सफल बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।
    चीनको स्वसासित क्षेत्र तिब्बतको भ्रमण रहेको प्रतिनिधि मण्डलले लासा सहरको ऐतिहासिक धरोहर पुतला दरबार बार्किड्ग स्टेट लगायतका स्थानहरूको अवलोकन गरेको भरतपुर महानगरपालिकाका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो । यस अघि प्रतिनिधि मण्डलले सिगात्से सहरको भ्रमण गरी सेकेको छ ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.