भरतपुर/राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपाल नाबुन भरतपुर महानगर पालिका कमिटीको तेस्रो अधिबेशन कमिटिका अध्यक्ष सिमाकाजि महतो को अध्यक्षतामा जिफन्ट रास्ट्रीय कमिटी सदस्य तथा बाग्मति प्रदेस अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यता र नाबुनकि केन्द्रिय अध्यक्ष अन्जु गुरुङको विशेष आतिथ्यतामा प्रमुख अतिथिवाट पानसमा दिप प्रज्वलन गरि चितवनको भरतपुर मा सम्पन्न भएको छ। उद्घाटन सत्रमा अधिबेशन सम्पन्न गर्न सहयोग गर्नुहुने मोनिका श्रेष्ठ,लुमकला काफ्ले, सिता गैरेलाई केन्द्रिय अध्यक्ष अन्जु गुरुङले धन्यवाद पत्र सहित सम्मान गर्नु भयो । २०७१ सालमा भरतपुर जिल्ला अध्यक्ष भै यो क्षेत्रको काममा निरन्त लाग्दै २०७९ चैतमा सम्पन्न केन्द्रिय कमिटीको बैठक वाट अध्यक्ष पदमा मनोनयन भएकोमा बिशेष अतिथि अन्जु गुरुङ लाई प्रमुख अतिथि वाट दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि नेपालले पेसालाई मर्यादित बनाउन र सौन्दर्यकर्मिहरुको आर्थिक सामाजिक स्तर उन्नतिको लागि सबैलाई संगठित गर्नु पर्ने कुराम जोड दिनु भएको थियो।श्रमिकको हक आधारित अधिकारको कार्यान्वयन र पेसाजन्य स्वस्थ्य, सुरक्षा सहित स्थानीय स्तरमा सौन्दर्यकर्मिहरु पंजिकरण गराइ सम्मानजनक पहिचान सहित शिप बिकासमा जोड दिनु पर्ने बताउनु भयो। बिशेष अतिथि अन्जु गुरुङले नाबुन स्थापनाको उदेस्य र पालिका कमिटीले आगामि दिनमा गर्नु पर्ने कामको वारेमा मन्तव्य राख्नु भयो । कार्यक्रममा जिफन्ट वाग्मती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल,सदस्य शान्ति सुबेदि जिफन्ट महानगर अध्यक्ष रुद्र उप्रेती लगाएतले शुभकामना दिनुभएको थियो । अधिवेशनले सुनिता अधिकारीको अध्यक्षतामा ११सदस्यीय कमिटी निर्वाचित गरेको छ।
Advertisement




