• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • काठमाडौं/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निउरे विजयी भएका हुन् । यसअघिको लामो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका निउरे अहिले अध्यक्षमा उम्मेदवार दिएका थिए । आफ्ना प्रतिस्पर्धीलाई १७ सय ३५ मतले पराजित गर्दै निउरे आगामी २ वर्षको लागि अध्यक्ष भएका हुन् । करिव एक दशक बढी एनआरएनएमा आवद्ध भएर बिभिन्न सामाजिक कार्यमा संलग्न निउरेले समुदायको स्तर उन्नति, भाइचारा र नयाँ पुस्तालाई संस्थामा आकर्षक गराउने प्रतिबद्धता निउरेको छ । सामाजिक क्षेत्रमा आफनो अनुभवसहित काम गरेर देखाउने प्रतिबद्धता स्थापित गराउन चाहेको दावी गर्दै निउरेले जापानमा शिव मन्दिरसहितको प्रविधियुक्त बहुउदेश्यीय ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना पनि अघि सारेका थिए । एनआरएनए नेतृत्वमा सधै राजनीतिक किचलोका कारण व्यावसायिक तथा युवाहरुको आकर्षण घटेको आरोप लागिरहँदा निउरेको उम्मेद्वारी घोषणाले युवा पुस्तामा नयाँ आकर्षण र उत्साह जगाएको थियो । अध्यक्षमा विजयी निउरेले गफ होइन काम, त्याग, समर्पण र साथ, सहयोगले मात्र समाजको सुखदुःखको सारथी बन्न सकिने बताउँदै यही विश्वासका साथ गैरआवासीय नेपाली संघ जापानका लागि २०२३–२५ कार्यकालको नेतृत्वमा आफुले उम्मेदवारी दिएको बताएका थिए । आइतबार सम्पन्न अनलाईन भेरो भोटिङ नामक प्रणालीबाट भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी संगीता अधिकारी सुवेदीलाई पछि पार्दै २ हजार ९ सय ५५ मत प्राप्त गरि आगामी कार्यकाल २०२३-२५ का लागि अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कुल ७ हजार १ सय ६८ मतदाता रहेकोमा ५ हजार ४ सय ४८ खसेको मत मध्य निकटतम प्रतिस्पर्धी सुवेदीले १२ सय २० मत प्राप्त गर्दा अर्का अध्यक्षका प्रत्यासी राजकुमार अधिकारीले ७ सय ७७ मत पाएका थिए भने अर्का प्रत्यासी रामकृष्ण श्रेष्ठले ४९६ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । कुल खसेको मतको ५४.२४ प्रतिशतभन्दा बढि मत निउरेले प्राप्त गरेका छन । सम्पन्न निर्वाचनमा ५ उपाध्यक्ष पदका लागि ८ जना प्रत्यासी रहेकोमा सचिन श्रेष्ठले २ हजार ७ सय १२, सुवास लामिछानेले २ हजार ३ सय ८२, देवराज उप्रेतीले २ हजार ३ सय ८१, कृष्ण गैरे शर्मा २ हजार १ सय, ३१ र सिद्धार्थ श्रेष्ठले २ हजार १ सय २१ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भएका छन् । महिला उपाध्यक्षमा एलिजा केसी भण्डारीले २ हजार ८ सय १२ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी लक्ष्मी केसी महर्जनले २ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् । निकै चासोका साथमा हेरिएको महासचिवको पदमा टिकाराम खरेलले २ हजार ८ सय ८९ मत प्राप्त गरि विजयी हुदाँ प्रतिष्पर्धी श्यामकुमार श्रेष्ठ श्याम शीतलले २ हजार ६ सय २६ मत ल्याउन सफल भएका छन् । स्मरण रहोस गत कार्यकालमा हाल निर्वाचित टिकाराम खरेलले ३ हजार ४ सय ८४ मत ल्याइ पराजित भएका थिए । ३ पदका सचिव पदका लागि भएको निर्वाचनमा ६ जनाले प्रतिष्प्रधा गरेका थिए । उक्त प्रतिष्प्रधाबाट २७ सय ६२ मत प्राप्त गरि अर्जुन थापा बगाले, २५ सय ६० मत ल्याइ दिपेश केसी खत्री र २१ सय ५२ मतसहित दिलिप कंडेल सचिव पदमा निर्वाचित भएका छन । भने महिला सचिव पदमा चन्द्राकुमारी केसी यस अघि नई निर्विरोध निर्वाचित भएकी थिइन । कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी रहेकोमा ३ हजार ३५ मत ल्याउदै दिपक सुनार विजयी हुदाँ निकटतम प्रतिष्प्रर्धी कर्सांङ तामाङले २ हजार ३ सय ७१ मत ल्याएका छन् । सह कोषाध्यक्ष पदमा रामबहादुर थापाले ३२ सय ६४ मत सहित विजयी हुदा महिला सह कोषाध्यक्ष पदमा अंजु भण्डारी निर्विरोध निर्वाचित भएकी छन । युवा संयोजक पदका प्रत्यासी राजु भण्डारी सुनीलले उम्मेदवारी फिर्ता लिएसंगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुन सफल रहेका छन् ।भने महिला संयोजक पदमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएकी हुन । ८ पद सदस्यका लागि १७ जनाले प्रतिष्पर्धा गरेकामा ३ हजार ९ सय ४६ मत लिएर सदस्य पदमा दिलिप शर्मा विजयी भएका छन भने अन्य सदस्य पदमा विनय गुरुङले ३२ सय ६१, ध्रुव गौतमले २९ सय ३९, दिनेश लोहनीले २४ सय ८५, ज्योति केसीले ३४ सय ३६ कृष्णप्रसाद कंडेलले २७ सय ३९, नेत्र पाण्डेले २८ सय २४ र रामु कंडेलले ३ हजार ४ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् । महिला सदस्यमा यस निर्वाचन कै अत्यधिक मत ३९ सय ७० मतसहित ललिता तामाङ निर्वाचित भएकी छन । अन्तराष्ट्रिय समन्वय परिपद् सदस्यका लागि बाबुराम खरेल, विजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल निर्विरोध निर्वाचित भएका छन । आइतबार नै सम्पन्न क्षेत्रीय समिति कान्साइको निर्वाचनबाट संयोजकमा ३ सय ६९ मतसहित हरिप्रसाद कंडेल र सचिवमा ३ सय ५८ मतसहित विनोद कंडेल निर्वाचित भएका छन । त्यस्तै नागोया क्षेत्रीय समितिमा भएको निर्वाचनमा ३ सय ९१ मत ल्याइ सचिवमा दलबहादुर कार्की र २ सय ८५ मत ल्याइ रुपेश पुन कोषाध्यक्षमा निर्वाचित भएका छन ।

    Advertisement

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.