मुग्लिन/मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाईकल दुर्घटना भएको छ । उक्त सडकखण्डको भरतपुर महानगरपालिका २९ स्थित सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ आईरहेको लु ३८ प ६२७० नं. को मोटरसाईकल र ना ६ ख ५६४२ नं. ट्रकमा ठक्कर खाई दुर्घटना भएको हो । अन्दाजी पौने ३ बजेतिर भएको उक्त दुर्घटनामा परि १ जनाको घटनास्थलमै ज्यान गएको छ भने अर्का एक जना गम्भिर घाइते भएको छ । घाईतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज पठाईएको प्रहरी चौकी जुगेडीले जानकारी दिएको छ । यद्यपी घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
Advertisement




