जिरौना/दुवाडी भट्ट (अलिना) कुल पुजा समिति चितवनद्वारा समितिका संस्थापक अध्यक्ष, मन्दिरका जग्गादाता एवम् सल्लाहकार समिति संयोजक देवीप्रसाद भट्टको ५८ वर्षको उमेरमा भएको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिले एक असल अभिभावक गुमाएको यस दुःखद घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा बन्धुबान्धवहरुमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान होस् भन्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
श्रद्धाञ्जली प्रकट कार्यक्रममा समितिको तर्फबाट उपाध्यक्ष राजु भट्ट, सचिव गोकुल प्रसाद भट्ट, सह–सचिव होम प्रसाद भट्ट, सदस्यहरु रामप्रसाद भट्ट, तुलसी प्रसाद भट्ट, सन्दिप भट्ट लगायतको उपस्थिति रहेको थियो ।
Advertisement




