चितवन सेवा समाज साईप्रसको सातौं साधारणसभा तथा चौंथो अधिवेशनबाट सर्वसम्मत रुपमा समाजसेवी सबि थापाको अध्यक्षतामा समिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा लक्ष्मी अधिकारी, प्रथम उपाध्यक्षमा आशा गुरुङ, द्वितीय उपाध्यक्षमा बिन्दु दुलाल, महासचिवमा दिपक सिमखडा, सचिबमा राम लामा, सहसचिवमा अनिल जङ क्षेत्री, कोषाध्यक्षमा नैना गुरुङ, सहकोषाध्यक्षमा सुमित्रा चुनेली, सदस्यहरुमा गौरब थापा मगर, सरु ढकाल, सुरेश अधिकारी, बिष्णु थापा मगर, सोबिता पराजुली, मिरा थापा मगर, अनुपा क्षेत्री, सिर्जना दरार्इ, गङा पुन मगर रहनुभएको छ ।
त्यस्तै समितिको संस्थापक संरक्षकमा जसु पुन मगर, बरिष्ठ सल्लाहकारमा सुबास मल्ल, सल्लाहकारहरुमा कबिता ढकाल भट्ट, जयन्ती अधिकारी, कल्पना बिष्ट रहनुभएको छ । समितिले साईप्रसमा बसोबास गर्ने नेपालीहरुलाई परेको हरेक समस्याहरुमा एकजुट भएर काम गर्ने चितवन सेवा समाज साईप्रसका निवनिर्वाचित अध्यक्ष सवि थापाले जानकारी दिनुभयो ।
चितवन सेवा समाज साईप्रसमा थापाको नेतृत्व
चितवन सेवा समाज साईप्रसमा थापाको नेतृत्व
Advertisement
तपाईको प्रतिक्रिया




