भरतपुर/चितवन उद्योग संघले स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, परम्परागत तथा लोपोन्मुख खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशिलतामा जोड्ने र स्वरोजगार बनाउन सहयोग पु¥याउने उद्देश्य सहित Farm to Kitchen अवधारणा अनुसार चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागेको “शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” को तयारी अन्तिम चरणमा पुगेको छ ।
मेलामा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा नै उत्पादित ताजा फलफुल तथा तरकारीहरु चिउरी, तामा, कुसुम, न्यूरो, लरकैया, मह, गिठ्ठा, भ्याकुर, घरेलु अचार तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, स्थानीय रैथाने उत्पादन र कोदो तथा फापरको रोटी, सेलरोटी, पोल्ट्रीजन्य उत्पादनहरु, गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र खानाका विभिन्न परिकारका ४० वटा स्टल रहेका छन् ।
मेलामा स्टल सहभागिताका लागि उच्च चासोका साथ पहाडी भेग उपरदाङगढी, काउले, सिलिङ्गे, सिद्धी लगायतका स्थानहरुबाट सामानहरु मेला परिसरमा आईसकेका छन् । मेलाको माध्यमबाट पूर्ण उपभोग नभएका अति महत्वपूर्ण यस्ता उत्पादनहरुलाई बजारीकरण गरी उद्यमशिलतामा जोड्दा व्यक्तिको आयआर्जनलाई समेत सहयोग हुने विश्वास आयोजकको रहेको छ । भने, मेलाको माध्यमबाट आर्थिक गतिविधिलाई चलायमान बनाउन समेत सहयोग पुग्ने उल्लेख गरिएको छ ।
स्टलहरुमा राखिने खाद्यान्न, तरकारी तथा फलफुलहरुको कृषि ज्ञान केन्द्र चितवनबाट गुणस्तर परीक्षण गराउने गरी समन्वय गरिएको मेलाको प्रबद्र्धनका लागि चितवनका स्थानीय पालिकाहरुबाट सहकार्य भएको छ । अवलोकनकर्ताहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस “शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” मा अहिले स्टल राख्न नभ्याएका स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न चाहने व्यक्ति तथा समूहहरुले प्रक्रिया पु¥याएर नियमानुसार आगामि हप्ताहरुमा हुने मेलामा स्टल लिन सक्ने समेत व्यवस्था गरिएको छ ।





