चितवन/नेपाली काँग्रेस चितवको आब्हानमा जननायक बि.पी. कोईरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चितवनको ३ वटै निर्वाचन क्षेत्रका अलग अलग स्थान र नेपाल टेलिकम बर्कस युनियनले भरतपुरमा सम्पन्न कार्यक्रममा कुल २३३ युनिट रगत संकलन भएको हो । नेपाली काँग्रेस क्षेत्र नं १ को तरुण युवा परिचालन बिभागले रत्ननगरमा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा १०५ जनाले रक्तदान गरेका थिए । ८९ बर्षीय नेपाली काँग्रसका क्रियासिल सदस्य उमानाथ पौडेल प्रमुख अतिथि रहनुभएको कार्यक्रम बिभागका संयोजक सनम क्षेत्रिको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यसै गरी निर्वाचन क्षेत्र नं २ मा क्षेत्रिय समिति क्षेत्र नं २ चितवनले कार्यक्रमको आयोजना गरेको हो । बरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रम क्षेत्र नं २ का क्षेत्रिय सभापति भरत लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ३ ले भरतपुर २१, पार्वतीपुरमा सम्पन्न गरेको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रम क्षेत्रिय समिति क्षेत्र नं ३ ले आयोजना गरेको हो । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि रहनुभएको कार्यक्रम क्षेत्र नं ३ का क्षेत्रिय समिति खेमनारायण सापकोटाकोे सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यसै गरी नेपाली काग्रेसको शुभेच्छुक सस्था नेपाल टेलिकम वर्कस युनियन चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यतामा एवं नेपाल टेलिकम वर्कस युनियन का सभापति शुरेश अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य धनश्याम चापागाई, सिता शर्मा ढकाल, जिल्ला अध्यक्ष हरिहर सापकोटा, भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष परमेश्वर खनाल लगायतको उपस्थिती रहेको थियो ।




