चितवन/चितवनको इच्छाकामना गाउँपालिकाले कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा गाउँपालिकाले कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।बाँकी २५ प्रतिशत रकम भने हपनी कृषक समूहले व्यहोरेको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुदप्रसाद उप्रेती लगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।
इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म पुर्याउन सहज ढुवानीका लागि कृषि एम्बुलेन्स उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । अहिले इच्छाकामाना २ को चेपाङ बस्तीलाई लक्षित गरी यो ब्यवस्थापन गरेको र २०८०/ ८१ को लागी पनि आवाश्यकताको आधारमा कृषि एम्बुलेन्स उपलब्ध गराउन बजेटको ब्यवस्था गरेको अध्यक्ष गुरुङको भनाई छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै कृषकहरु पनि हर्षित भएका छन । कृषि एम्बुलेन्स उपलब्ध हुनु पूर्व अन्य गाउँबाट गाडी बोलाएर कृषि उत्पादनलाई बजारसम्म पुर्याउनु पर्ने बाध्यता रहेको थिया ।
अहिले गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजार सम्म ढुवानी गर्न सक्ने वातावरण बनेको हपनी कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङको भनाई छ । एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं १ र २ का काउले, हपनी, मायाटार लगायतका पहाडी भू भागमा रहेका किसान लाभान्वित हुने जनाइएको छ । कृषि प्रधान देश नेपालमा हरेक सरकारले किसान र कृषि कर्मलाई उच्च प्राथमिकता दिन सके देश कृषि उत्पादनमा आत्मानिर्भर बन्न सक्नेछ ।
इच्छाकामनामा अनुदानमा कृषि एम्बुलेन्स
इच्छाकामनामा अनुदानमा कृषि एम्बुलेन्स
Advertisement
तपाईको प्रतिक्रिया




