• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

भरतपुर महानगरपालिकाद्वारा बजार अनुगमनलाई पुन सुचारु

"अखाद्य बस्तुको खुलेआम बिक्री बितरण भइरहेको लिखित उजुरि "

  •   मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
  • भरतपुर/आर्थिक बर्ष ८०/८१ शुरु भए सगै भरतपुर महानगरपालिकाले बजार अनुगमनलाइ पुन सुचारु गरेको छ । बजारमा विशेष गरि अखाद्य बस्तुको खुलेआम बिक्री बितरण भइरहेको लिखित उजुरि महानगरको उजुरी पेटिकामा आएपछि महानगर थप एक्सनमा उत्रिएको हो । मगलबार बिहान महानगरको उजुरी पेटिकामा एकजना सेवाग्राहीले गोप्य तरिकाबाट लिखित उजुरी हालेपछी लगत्तै महानगरले तत्काल बजार अनुगमनमा जाने निर्णय गरेको हो बजार अनुगमन समिति सयोजक एवं महानगर उप प्रमुख चित्रसेन अधिकारीले भन्नू भयो ।

    Advertisement

    अघिल्ला आर्थिक बर्षहरुमा गरिएको बजार अनुगमन निकै प्रभावकारी भएको उल्लेख गर्नुहुदै उप प्रमुख अधिकारीले चालू आर्थिक बर्षमा पनि बजार अनुगमनले थप निरन्तरता पाउने टिप्पणी गर्नुभयो । यो बर्ष  महानगरले बजार अनुगमनलाई अझ शशक्त रुपमा लैजाने तयारी गरि काम गर्न शुरु गरेको पनि उहाँले प्रष्ट पार्नु भयो । अनुगमनमा भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल, बजार अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेल,खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य निरीक्षक बन्दना पन्त,उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठनेश्वर सापकोटा,नगर प्रहरी लगाएतको उपस्थित रहेको थियोे । अनुगमन समितिले भरतपुर १० मा रहेका २ वटा पानीपुरी बनाउने साना उद्योगहरु र अस्पताल सडकमा रहेको न्यु थकाली होटल एण्ड तन्दुरी रेष्टुरेन्ट र छहारी तन्दुरी होटलको अनुगमन गरेको छ । अनुगमनका क्रममा पानीपुरी उद्योगहरु दर्ता नगरी सन्चालन गरिएको,पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो र रङ्ग अखाद्य भेटिएको छ ।

    त्यस्तै होटल तथा रेस्टुरेन्टमा अखाद्य तेल प्रयोग भएको, सरसफाइमा ध्यान नदिएको,भान्छामा खाना पकाउदा साबधानी नअपनाइएको पाइएको छ । भरतपुर १० स्थित पुरानो ज्ञानदर्शन सडक र सप्तगण्डकी चोक नजिकै रहेको २ वटा पानीपुरी बनाउने साना उद्योगहरु हालका लागि बन्द गराइएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिनु भयो । हाललाइ आजका दिन देखि यी दुबै पानीपुरी उद्योग बन्द भएका छन्, अब सरसफाइ गरेर प्रक्रिया पुर्‍याएर आएको खण्डमा हेरफेर गर्न सकिन्छ अध्यक्ष खनालले उल्लेख गर्नु भयो । स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीब्र बनाएको हो । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ बजार अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेलले भने,यति मात्र नभई सबै प्रकारका क्षेत्रहरुको पनि महानगरले छड्के अनुगमन गर्ने छ । उपभोग्य सामान मात्र विक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ । बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ ।

    नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो । ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ ।

    उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ । बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । बस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ ’ उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले भन्नू भयो । अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

    मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.