भरतपुर/लायन्स क्लब अफ चितवन चौतारी र क्लबले स्थापना गरेका अन्य लायन्स क्लबले संयुक्त रुपमा भरतपुर २, तीन खोले गुम्बा परिसरमा बृक्षारोपण गरेका छन । हर्रो, बर्रो, अमला, चिराईतो, रुद्राक्ष, अम्बा, वडहर, रुख कटहर, धुपी लगायतका बिभिन्न औषधिय, फलफुलका तथा अन्य गरी १५० बिरुवा रोपिएको कार्यक्रम संयोजक लायन सोमप्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दे लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक २३५ आरका प्रथम भाईस गर्भनर लायन दिनानाथ न्यैपानेले बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण भएको बताउनु भयो । वहाँले बृक्षारोपण गरेका बिरुवाको निरन्तर गोडमेल एवं हेरचान गर्नका लागि क्लबको ध्याकर्षण गराउनुभएको थियो । प्रमुख अतिथि न्यौपानेले लायन्स क्लब अफ चितवन चौतारीको अग्रसरतामा शुरु भएका सबै कार्यहरु प्रशंशा योग्य भएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यका लागि शुभ कामना ब्यक्त गनुभएको थियो ।

कार्यक्रमका महाबोद्ध गुम्बाका अध्यक्ष बिकास गुरुङ्ग, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक २३५ आरका द्धितिय भाईस गर्भनर लायन नवराज सापकोटा, पुर्व गर्भनर लायन रामप्रसाद भट्ट, डिष्ट्रिकका सेक्रेटेरियट तथा फाईनान्सियल सल्लाहाकारहरु लायन राजेन्द्र गौतम, लायन प्रभाकर पण्डित, एक्जुकेटिभ चिफ लायन गोपाल प्रसाद गौतम, एक्जुकेटिभ को–चिफ लायन पूर्णप्रसाद शर्मा, डिष्ट्रिक चिफ लायन भक्तीप्रसाद चालिसे, तमु ह्युल छोज धि का चिवनका बरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ्ग, आयोजक क्लबका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थिती रहेको थियो ।
लायन्स क्लब अन्तराष्ट्रियले बृक्षारोपण गर्ने कार्यलाई आफ्नो महत्वपूर्ण कार्यक्रममा समावेस गरेको छ । संसारभरीका लायन्सहरुले बृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने गर्दछन् । लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा. महेन्द्र अग्रहरीको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रम पछि आयोजक क्लबका सदस्यहरुले नै बिरुवा राप्नुभएको थियो ।




