भरतपुर/बागमती प्रदेशको स्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गर्नु भएको छ। दोभान कालिका नमुना टोल विकास सस्थाको रोहबरमा ग्रीन सोसाईटी नेपालको सहयोग मन्त्री जोशीको समन्वयमा ७५ वर्षिय कृष्ण वहादुर श्रेष्ठ र ७१ वर्षिय मेघ वहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गर्नु भएको दोभान कालिका नमुना टोल विकास सस्थाका अध्यक्ष दिवाकर ढकालले जनाकारी दिनु भयो ।

जोशीले प्रदेश शभा निर्वाचनका क्रममा गरेको प्रतिवद्वता अनुसार सामाग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण पछि बोल्दै मन्त्री जोशीले अपांग अशक्तको पक्षमा बागमती प्रदेश सरकार जिम्मेवार रुपमा लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो“ प्रदेश सरकार जनताको पक्षमा छ भन्ने अनुभूति हुने गरी स्वास्थ्य मन्त्रालयले काम गरेको छ ।“ स्वास्थ्य क्षेत्रमा देखिने गरि काम गर्न मन्त्रालय लागि परेको उहाँको भनाई छ । प्रदेश सरकारका तर्फबाट जनतालाई प्रत्यक्ष रुपमा लाभ पुग्ने २५ वटा नायाँ कार्यक्रम सुरु गर्न लागेको उहाँले बताउनुभयो । कमर्यक्रममा नेपाली काँग्रेस चितवनका नेता डिल्लिराम सापकोटा, नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १० का सभापति गणेश वहादुर गुरुङ, दोभान कालिका नमुना टोलका अध्यक्ष दिवाकर ढकाल, महिला अध्यक्ष रमा सापकोटा लगाएतले बोल्नुभएको थियो ।




