• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

खुद्रा व्यापार तथा आर्थिक प्रक्षेपणको अनिश्चित भविष्यका कारण नयाँ क्षेत्रमा लगानी आउन सकेको छैन : उज्वल केसी


  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
  • ‘आर्थिक मन्दी’ शब्द आजकल हरेक देशमा प्रमुख चर्चाको विषय बनेको छ । यो व्यक्ति र व्यवसाय दुवैका लागि कहालीलाग्दो अवस्था बनिरहेको छ । बिक्रीमा निरन्तर ह्रास, बढ्दो खर्च र खुम्चिएको नाफाका कारण व्यवसायीहरु दिनहुँ पलायन हुँदैछन् । लगानीकर्ताहरू बिरलै भेटिन्छन्, वा साँच्चै भन्नुपर्दा छँदै छैनन् । घटेको बिक्रीले कम्पनीहरूलाई मूल्य कटौती गर्न बाध्य पारेको छ र अस्वस्थ मूल्य–युद्ध सिर्जना गरिरहेको छ । अहिलेको मन्दीबाट लक्जरी उत्पादनको कारोबार गर्ने व्यवसायहरू तुलनात्मक रुपमा बढी प्रभावित भइरहेका छन् ।

    Advertisement

    कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको परिणामस्वरूप बढ्दो खाद्यान्न र ऊर्जा संकट, बढ्दो मुद्रास्फीति, ऋणमा कडाइ, साथै जलवायु आपतकालले २०२२ मा विश्व अर्थतन्त्रलाई ध्वस्त पारेको थियो । संयुक्त राष्ट्रसंघको विश्वको आर्थिक स्थिति र सम्भावना २०२३ नामको प्रतिवेदनले यो वर्ष विश्वको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

    प्रतिवेदनले निकट भविष्यका लागि उदास र अनिश्चित आर्थिक दृष्टिकोण प्रस्तुत गरेको छ । सन् २०२४ मा विश्वको वृद्धिदर २.७ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । विश्वको आर्थिक वृद्धिदर थप मौद्रिक कडाइको गति र अनुक्रम, रसिया–युक्रेनमा युद्धको ढाँचा र परिणामतथा थप आपूर्ति–शृंखला अवरोधको सम्भावनामा अत्यधिक निर्भर रहने पनि प्रतिवेदनले प्रस्ट पारेको छ ।

    आर्थिक मन्दीले धेरै साना–ठूला संस्थाहरूलाई रातारात घुँडा टेक्न बाध्य पारेको छ । दिनानुदिन व्यवसायीहरुको पलायनले धेरै मल सञ्चालकहरूलाई पनि असर गरेको छ । नेपाल सरकारको तथ्यांक अनुसार गत ६ महिनामा नेपालभर औसत ३५ प्रतिशत खुद्रा विक्रेताहरूले आफ्ना आउटलेटहरू बन्द गरेका छन् ।

    अहिले अधिंकाश व्यापारीहरु तीन महिनादेखि एक वर्षको भाडा तिर्न नसकेको बताउँछन्, चाहे त्यो सटरको होस् या कोठाको । पहिलापहिला खाली सटर पाउन बिचौलिया प्रयोग गर्नुपथ्र्यो । २० लाखदेखि ५० लाख रुपैयाँसम्म तिर्छुभन्दा पनि खाली सटर पाइँदैन थियो । अचेल जताततै खाली सटर भेटिन्छन् । कतै ‘टू लेट’ लेखिएको पोस्टर देखिन्छ त कतै ‘घर खाली’, ‘सटर खाली’, ‘कोठा खाली’ वा ‘फ्ल्याट खाली’ लेखिएको हुन्छ । सटर, कोठा, फ्ल्याट जति खाली भए पनि बस्न आउने कोही छैन । आर्थिक मन्दीका कारण मानिससँग पैसाको अभाव हुँदा अधिंकाश व्यक्ति गरिरहेको व्यापार व्यवसाय छाडेर वैदेशिक रोजगारीको खोजीमा लागिपरेका छन् ।

    यसले मलहरुको भाडा आम्दानीमा ठूलो नोक्सान गरिरहेको छ । त्यसैगरी खुद्रा व्यापार तथा आर्थिक प्रक्षेपणको अनिश्चित भविष्यका कारण नयाँ क्षेत्रमा लगानी आउन सकेको छैन । प्रमुख खुद्रा विक्रेता र कोभिड–१९ पछि बिस्तारै तंग्रिँदै गरेको व्यवसाय हाल विश्वभर देखिएको आर्थिक कठिनाइका कारण व्यवसाय बन्द गर्ने कि अझै घाटा सहने भन्ने अन्योलमा भेटिन्छन् ।
    नगद प्रवाह शून्य भएको छ, मानिसहरु दिल खोलेर खर्च गर्न हिचकिचाइरहेका छन् ।

    बैंकहरु आफ्नो लगानी सुनिश्चित गर्न कर्जामा निकै कडा देखिन्छन्। सामान्य अवस्थामा सानोतिनो लगानी गरिरहेका सहकारी संस्थाबाट सिजनल सामान राख्न वा भाडा तिर्ने पैसा नहुँदा ५–७ लाख रुपैयाँ ऋण लिन गाह्रो थिएन । उनीहरुले दैनिक रुपमा पसलबाट कर्जाको साँवाब्याज संग्रह गर्थे । उनीहरु समेत आजकल लगानी गर्न सक्ने अवस्थामा छैनन् ।

    नाम चलेका ठूलालगायत कतिपय सहकारीहरु बचतकर्ताको निक्षेप रकम फिर्ता दिन नसक्ने अवस्थामा पुग्दा सर्वसाधारण समेत लगानी डुब्ने त्रासमा छन् । रोजगारीमा रहेका मानिसमाजागिर लामो समय टिक्न सक्नेमा सन्देह पैदा हुँदा उनीहरुले पनि खर्च कटौती गरिरहेका छन् । हरेक ३ मा १ जनाले रोजगारी गुमाएका छन् वा घाटा खेपिरहेका छन् ।

    समग्र व्यापार ७० प्रतिशतले घटेको छ । विगतको तुलनामा घरजग्गा कारोबार ६० प्रतिशतले घटेको देखिन्छ भने कारोबार मूल्य ५० प्रतिशतसम्म घटेको पाइन्छ । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ११ खर्ब ७९ अर्ब र ८४ करोड राजस्व संकलन गर्ने अनुमान गरिएको छ। उक्त रकम राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र हो भने गत आर्थिक वर्ष संकलित राजस्वको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

    सरकारले चालु आर्थिक वर्ष २०७९÷८० मा सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड पुग्ने र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।आर्थिक आकासमा मडारिइरहेको मन्दीको बादल कसरी हटाउने भन्नेमा सरकारको ध्यान त्यत्ति पुगेको पाइँदैन । यो अवस्थामा सरकार राजस्व संकलनमा केन्द्रित हुनुभन्दा व्यापार व्यवसाय बढाउने वातावरण तयार गर्नेतर्फ बढी गम्भीर हुनु जरुरी देखिन्छ ।

    वित्तीय संकटले उपभोक्तालाई आफ्नो जीवन शैलीसँग सम्झौता गर्न बाध्य पारेको छ। परिस्थितिको अझ क्रूर पाटो त के छ भने मन्दीले धेरै ठूलो बेरोजगारी र दिवालियापन सिर्जना गरिरहेको छ।ग्राहकहरू किनमेलको प्रलोभनबाट बच्न निश्चित किनमेल केन्द्रलाई बेवास्ता गर्दैछन् । मलहरू उनीहरूको सूचीमा शीर्ष स्थानमा छन् ।

    उनीहरु आकर्षक छुटको ट्याग लगाएका सामानप्रति आकर्षित हुने गरेको पाइएको छ । यही बेला घट्दै गएको ब्रान्डको लतले ग्राहकमाछुट र अफरमा सामान किन्ने तथा कम खर्च गरेर जीवन चलाउने बानी परेपछि बढी खर्च गर्ने पुरानो बानीमा फर्किंदैनन् कि भन्ने डर अधिकांश ब्रान्ड सोरुम सञ्चालकमा देखिएको छ ।

    वर्ष २०२३ विशेष गरी मल मालिकका लागि चुनौतीपूर्ण र संक्रमणकालीन वर्ष हुने अनुमान गरिएको छ। उनीहरुले उपभोक्ता र खुद्रा बिक्रेता पलायनको दोहोरो समस्या भोगिरहेका छन् । बैंकिङ प्रणालीमा चरम तरलता अभाव र अपर्याप्त बुकिङका कारण नयाँ परियोजनाहरू रोक्नुपरेको छ।

    आशलाग्दो कुरा चाहिँ के छ भने चरम मन्दीको बाबजुदअधिकांश व्यवसायी र मल मालिकहरू सकारात्मक रूपमा प्रत्येक मन्दीलाई पाँचवर्षे बुम अवधिले पछ्याउनेमा विश्वस्त देखिन्छन् । उनीहरुले आर्थिक मन्दीको प्रभावलाई परास्त गर्न विभिन्न रणनीति पनि अपनाइरहेका छन्।

    ग्राहक आकर्षित गर्न नवीन तरिकाको अभ्यास गरिरहेका छन्। ग्राहकको मनोविज्ञानलाई समेट्ने प्रयास गर्दै विभिन्न मनोरन्जनात्मक कार्यक्रम, उपहार, भारी सेल, स्क्र्याच एन्ड विन योजनाहरू तथा आकर्षक पुरस्कारका प्रतियोगिता जस्ता ग्राहक तान्ने योजनाहरु पनि प्रशस्त देखिन्छन् ।

    व्यवसाय टिकाइराख्न अधिकांश मलहरूले भाडामा समेत आकर्षक छुटदिएका छन् । यो पृष्ठभूमिमा मलहरू हाम्रो ग्रहबाट पूर्ण रूपमा नहराउने अपेक्षा गर्न सकिन्छ । यसका लागि हरेक व्यापारी आफ्नो लागि बजारसम्भावनाको उपयोग गर्न कुशल हुनुपर्छ।

    वित्तीय क्षेत्रप्रतिकूल भएको बेला उपभोक्ताले विश्वास गर्ने उत्पादनमा मात्र खर्च गर्न रुचाउँछन्, जुन निकै गुणस्तरीय वा एकदम आवश्यक हुन्छ । मार्केटिङको सबैभन्दा प्रभावशाली औजार भनेको यो तथ्यलाई उपयोग गरी उपभोक्तालाई चाहिने वस्तु वा सेवाबेच्नु वा त्यो लगानी हो भनी विश्वास गराउनु हो जसको खरीदले उनीहरूको जीवनशैलीमा सुधारका साथै आफ्नो पैसाको उचित उपयोग हुन्छ भन्ने विश्वास कायम राख्छ ।

    हालैको संकटहरूले सबैभन्दा कमजोरलाई कडा रुपमा प्रहार गररहेको छ, जबकि भन्दीमा उनीहरुको कुनै गल्ती छैन । अहिलेको अवस्थामा सरकार तथा सरोकारवाला सबैले यस मानवीय पीडाबाट बच्न र सबैका लागि समावेशी र दिगो भविष्य बनाउन साझा प्रयास अघि बढाउनु आवश्यक छ।

    बुधबार, असार २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.