• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जिल्ला कारागार चितवनको स्थलगत अनुगमन


  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले आइतबार जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गर्नु भएको छ । जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि नगर उप प्रमुखले कारागारको स्थलगत अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा नगर उप प्रमुख अधिकारीले कारागारका कैदीबन्दीहरुसँग अन्तरक्रिया समेत गर्नु भएको छ । अन्तरक्रियामा कैदीबन्दीहरुले क्षमता भन्दा बढी जनशक्ति राख्दा बस्न निकै अप्ठ्यारो भएको नगर उप प्रमुख समक्ष गुनासो गरेका छन् । कारागारको विद्यमान अवस्था, समस्या र समाधानको लागि स्थानीय सरकारको हैसियतले ब्यबस्थापन गर्न म तयार छु, एउटा जिम्मेवार पदमा बसेको जनप्रतिनिधि भएको नाताले पनि कारागारको समस्या समाधान गर्न तर्फ मेरो ध्यान केन्द्रित हुने छ उप प्रमुखले भन्नू भयो । उहाँले कारागारको समग्र स्तरोन्नतिका लागि महानगरपालिकाबाट आबश्यक बजेटको ब्यबस्था गर्ने पनि बताउनु भयो । यहाँ रहेका कैदी बन्दीलाई आयआर्जनमा थप टेवा पुर्‍याउने गरि काम गर्न सकिनुको साथै उनिहरुलाई खाली समयको सदुपयोग गर्न सिपमूलक तालिमहरूको ब्यबस्थापन गर्न सकिने उहाँको तर्क छ । यसका साथै कारागारको भौतिक अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाई र कैदीबन्दिको सीपमुलक तालिम लगाएत अन्य बिषयहरुको बारेमा उप प्रमुखले चाँसो र चिन्ता राख्नु भएको छ ।

    Advertisement

    अनुगमनमा जानु भएका उप प्रमुख सगको भेटमा जेलर कमल प्रसाद आचार्यले कारागारको अवस्था दिन प्रती दिन दयनीय बन्दै गएको बताउनु भयो । कारागारको अवस्था निकै दयनीय छ, स्थानीय सरकारले यसको चासो लिएर पहल गर्दिनका लागि उप प्रमुख समक्ष मेरो अनुरोध छ आचार्यले भन्नू भयो । जम्मा ३ सय ४० जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७ सय ५४ जना कैदी बन्दिहरु रहेका छन् । केहि दिन अघि सम्म ८ सय १० जना कैदी बन्दि रहेको उक्त कारागारबाट ४८ जनालाइ भिमफेदी कारागारमा स्थानान्तरण गरेपछि कैदी बन्दिहरुको सख्या घटेर ७ सय ५४ मा झरेको हो । कारागारमा हाल सात सय १ जना पुरुष,४८ महिला, एक जना नावालक र ४ जना नावालिका गरि ७ सय ५४ जना रहेका छन् । जिल्ला कारागार भरतपुरमा हाल गैडाको खाग बिक्री मुद्दामा ५६ जना,कर्तव्य ज्यान मुद्दामा ८३ जना,लागु औषध मुद्दामा १७४ जना,डाका मुद्दामा ३८ जना,ज्यान मार्ने उद्योगमा १७ जना,जिउ मास्ने बेच्ने मानव बेचबिखन मुद्दामा १० जना रहेका छन् । त्यस्तै अपहरण तथा शारीरिक बन्धक मुद्दामा ५ जना,चोरी मुद्दामा ७१ जना,सार्वजनिक अपराधमा ८ जना,हातहतियार तथा खरखजनामा ५ जना,काठ चोरीमा २ जना,बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा पनि १ जना रहेका छन् । त्यसैगरी ठगी मुद्दामा २६ जना,गौबधमा  १ जना,खोटाचलान मुद्दामा ४ जना,बहुबिबाह मुद्दामा ६ जना,सवारी ज्यान मुद्दामा ५६ जना,आत्महत्या दुरुत्साहनमा ८ जना र जवरजस्ती करणी मुद्दामा १७७ जना रहेको जिल्ला कारागार भरतपुरले जनाएको छ । यसरी हेर्दा सबै भन्दा बढी जवरजस्ती करणी मुद्दामा १७७ जना र लागु औषध मुद्दामा १७४ जना रहेका छन् भने सबैभन्दा कम बाघ सम्बन्धि मुद्दामा १ जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा १ जना  र गौवध मुद्दामा १ जना रहेका छन ।

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.