चितवन/ मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै सुख्खा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको हो । सडक डिभिजन भरतपुरबाट तैनाथ अवस्थामा राखिएको मेशिन उक्त स्थानतर्फ पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानएको छ । हाल पहिरोमा ढुङ्गाहरु झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन ।
Advertisement




