• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

इमानदार बनेको खण्डमा काममा सफलता मिल्छ – युवा उपाध्यक्ष रेग्मी


  •   बुधबार, असार २०, २०८० मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका युवा उपाध्यक्ष राज रेग्मी कतारमा एक सफल युवा उद्यमी हुन । बागलुङमा जन्मेका रेग्मीले व्यवसाय सुरु गरेको छोटो समयमै आर्थिक पाटोमा छलाङ मारेका छन भने नेपालमा पनि विभिन्न क्षेत्रमा ठुलो लगानी गरेका छन ।

    Advertisement

    मासिक ५ हजार श्रमिकलाई आफ्नो कम्पनीमार्फत कतारमा रोजगारी प्रदान गरिरहेका रेग्मी अहिले कतारमा करोडौँको कारोबार गर्न सक्ने हैसियतका भइसकेका छन । कम्पनीमा कार्यरत उच्च तहका एकै कर्मचारीलाई ५० हजार रियालसम्म तलब दिने उनले ४ कम्पनी खडा गरेर काम गर्दै आएका छन । फिदियास ट्रेडिङ्ग ओसियानलगायतका कम्पनीका मालिक उनी कामदारकै रुपमा २००३ मा कतार पुगेका थिए । तर रेग्मी कसरी छोटो समयमै सफल व्यवसायी बन्न सफल भए त ? कतारमा लगानीको सम्भावना कस्तो रहेको छ त ? एनआरएनएमा रेग्मीको अबको तयारीलगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
    कतारमा व्यवसाय गर्न थाल्नुभएको कति भयो र तपाईँको कम्पनीले कति श्रमिकलाई रोजगारी दिइरहेको छ ?

    सन २००९ देखि कतारमा व्यवसायरत रहेको छु । गएको विश्वकपको समयमा कन्स्ट्रक्सनको पिक समय थियो । त्यतिबेला यहाँको मेट्रो बनाउनेदेखि रंगशाला र आवश्यक काममा मासिक ५ देखि ६ हजारसम्म कामदारले मेरो कम्पनीको अन्डरमा रहेर काम गर्थे । अहिले पनि ४ देखि ५ हजारको हाराहारीमा श्रमिकले काम गरिरहेका छन । त्यसमा करिब ७० प्रतिशतको हाराहारीमा कार्यरतहरु नेपाली नै रहेका छन । कतारमा कन्ट्रक्सनको सवालमा लगाब र अनुसाशनको हिसाबले धेरैजसो कम्पनीहरुले नेपाली श्रमिकलाई नै प्राथमिकता दिन्छन ।

    उमेरको हिसाबले तपाईँ युवा हुनुहुन्छ, छोटो समयमा जसरी कतारमा विकास भइरहेको छ, त्यसरी नै आफ्नो व्यवसायिक विकास पनि गरिरहनु भएको छ, राजको यो सफलताको राज के रहेछ ?

    राजको यो सफलताको राज डेडिकेशन नै हो । डेडिकसनका साथसाथै इमानदार बनेको खण्डमा जुनै पनि क्षेत्रमा सफलता मिल्छ । म २००३ सालमा कतार आउँदा श्रमिकको रुपमा नै आएको थिएँ । काम गर्दैगर्दा यहाँको बजार र वस्तुस्थिति बुझ्ने काम भयो । म कतार आउँदा यो देश विकासको क्रममा थियो । त्यसबेला समयमा गति पकड्न सक्दा र साथीभाइको सुझावको आधारमा अघि बढ्दा केही गर्न सकियो र अहिले यहाँसम्म आइपुग्न सफल भए । म नेपालबाट आउँदा केही परिचित नेपाली उद्यमीहरु कतारमा कार्यरत हुनुुहन्थ्यो । उहाँहरुसँग पनि सुझाव लिएर अघि बढ्नुका साथै अन्य व्यक्तिहरुले पाएको सफलतालाई नजिकबाट नियाल्ने अवसर मिल्यो । यहीबीचमा कन्ट्रक्सन क्षेत्रबाटै अघि बढ्दा ठीक हुन्छ कि भनेर मैले यो क्षेत्रमा हात हालेको थिएँ ।

    कतारमा तपाईँले कुन कुन क्षेत्रलाई फोकस गरेर आफ्नो व्यवसायिक यात्रा अघि बढाउनु भएको छ ?

    सडक, भवन निर्माणका साथसाथै मध्यपूर्वका तेल र ग्याससम्बन्धी निर्माणको कार्य हामीले गर्दै आएका छौँ । यसमै फोकस भएर काम गरिरहेका छौँ । यस्तै हाउस किपिङसहित अन्य मेन्टेनेन्सका कामहरु हुन्छन् त्यो सम्बन्धी बढी कामदार छन ।

    कतारमा लगानी गर्दा अवसर त एकठाउँमा हुने नै भइहाल्यो , नेपालीलाई केही कठिनाइ र चुनौती पनि छन कि ?

    कुनै पनि काम सुरु गरेर सफलताको बिन्दुमा नपुग्दासम्म चुनौती त अवश्य हुन्छन नै । सबै ठाउँमा सबै प्रकारको चुनौती त भइहाल्छन नी । तर, कतारको हकमा लगावका साथ व्यापार गर्नुभयो भने झन्झटिला प्रक्रियाहरु छैनन जस्तो लाग्छ । अलिकति डेडिकेटेड भएर व्यापार गर्ने मान्छेहरुलाई समस्या छैन जस्तो लाग्छ । धेरै ठूलो पुँजी ल्याएर यहाँ व्यापार गर्ने भनेर आएको पनि हामी होइन । जसका कारण सुरुमै सोचेको जस्तो प्रतिफल पनि नआउन सक्छ ।

    कतारमा विश्वकपसम्बन्धी धेरै प्रोजेक्टहरुमा काम गर्नुभएछ, त्यतिबेला कसरी काम गर्नुभएको थियो ?

    वर्ल्डकपसँग सम्बन्धित प्राजेक्टहरुमा काम गर्दा मैले व्यापार गर्नका लागि सही स्कुलिङ पाएजस्तो लाग्छ । जतिबेला कतारले विश्वकपको होस्ट गर्यो, त्यसपछि जतिबेला पूर्वाधार निर्माणको तयारी भयो त्यसपछि सो क्षेत्रमा काम गर्नेहरुलाई सुरक्षित र मर्यादित ढंगले र एनआरएनए अभियानको सहयोगमा समेत नियमसंगत ढंगले गम्भीरताका साथ अघि बढाएको थियौँ । श्रमिकबाट कुनै शुल्क नलिएर बरु उसलाई अन्तरवार्ताका लागि पैसा दिने, भिसा प्रोसेसिङ गरिदिनेसहित जिरो कस्टमा ल्याउने कन्सेप्ट अनिवार्य कार्यान्वयन गरिएको थियो । त्यसबेला मैले आफ्नो व्यापारलाई कसरी मोडिफाइ र व्यवस्थित गर्ने भन्नेमा पनि ध्यान दिएको अवस्था थियो । मुख्यतः व्यापारमा आम्दानीको स्रोत भनेको श्रमिक नै हो । श्रमिकलाई उनीहरुको हक अधिकारको बारेमा कसरी कम्पनीलाई अपग्रेट गरेर लिएर जाने भन्नेलगायतका विषयमा पनि सिक्न पाइयो भन्ने मलाई लाग्छ ।

    पछिल्लो समय कतारमा नेपाली लगानीकर्ताको अवस्था कस्तो छ ?

    कतारमा व्यापारको हिसाबले नेपालीहरु अघि बढेको धेरै भएको छैन । धेरै कतारीमा यो भाव पनि थिएन । तर, पछिल्लो दिनमा नेपाली साथीहरुको जुन किसिमको व्यापारप्रतिको आकर्षण बढेको छ । त्यसले पक्कै पनि नेपालीहरु केही गर्न सक्दोरहेछन्, यिनीहरु इमानदार र अनुशासिन पनि छन् र चाहेभने व्यापार गर्न सक्ने क्षमताका पनि छन् भन्ने हिसाबले हेर्न थालिएको छ । पहिले नेपालीमाथिको दृष्टिकोण र अहिले नेपालीहरुलाई हेर्न दृष्टिकोण धेरै फरक छ जस्तो लाग्छ ।
    पहिले क्लिलिङ, कन्ट्रक्सनलगायतका क्षेत्रमा काम गर्न अदक्ष कामदार आउँछन् भन्ने बुझाइ उनीहरुकों थियो । अहिले नेपालीको व्यवसाय नै बढेको त छ नै त्यसबाहेक डाक्टर, इन्जिनियर साथीहरुपनि हुनुहन्छ । त्यसले गर्दा अहिले कतारीहरुले नेपाली पनि क्यापेबल छन् भन्ने हिवासले चिन्नहुन्छ जस्तो मलाई लाग्छ ।

    श्रमिकको सुरक्षाको विषयमा प्रश्न गर्दा तपाईँको कम्पनीले यसमा कस्ता कस्ता कामहरु गरेको छ ?

    कतार सरकारको नियमअनुसार कम्पनीमा काममा ल्याउँदै गर्दा र कामदार आइसकेपछि कम्पनीहरुले अनिवार्य बीमा गर्नुपर्ने हुन्छ । अहिले बिमाको दायरा पनि बढाएको छ । पहिले वर्क टाइमको मात्रै इन्स्यारेन्स हुन्थ्यो भने अहिले त्यस्तै हुँदैन । श्रमिकलाई ओरेन्टेशन दिने, सुरक्षालगायतको बारेमा जानकारी दिने गरिन्छ ।

    डेढ दशक पहिला कतार आएको मान्छे, अहिले यती ठुलो कम्पनी संचालन गरिरहुन भएको छ ? तपाईँलाई फर्केर हेर्दा कस्तो अनुभूति हुन्छ ?

    म एक श्रमिकको हिसावमा कतार आउँदा मेरो त्यस्तो ठूलो सपना केही रहेको थिएन । त्यतिबेला नेपालको राजनीतिक परिस्थिति पनि त्यही खालको रहेको थियो । अध्ययनको क्रममै रहेको अवस्थामा देशभित्र रोजगारी नपाइने र बाध्यात्मक हिसाबले केही समय काम गरौँ र फर्केर नेपालमा केही गरौँ भन्ने उद्देश्य नै रहेको थियो । लामो समय व्यापार गर्छु भनेर सपनामा पनि सोचेँको थिइन । भाग्य नै भन्नुपर्छ कतार मेरा लागि एक सुन्दर पाठशाला बन्यो । अर्को कुरा मेरो पारिवारिक पृष्ठभूमि पनि व्यापारी होइन । व्यापार गर्ने प्राक्टिस पनि थिएन ।
    कतार आएपछि यहाँको विकासको प्रक्रिया हेर्न पाइयो । म सुरुमा सेल्समेनको रुपमा काम गर्न आएँ । सो क्रममा धेरैसँग भेट पनि भयो । सोहीअनुसार सबैको सल्लाह सुझाव अनुसार अघि बढ़े । जसअनुसार २००९ देखि यो व्यवसायमा निरन्तर छु । म आफू व्यक्तिगत रुपमा खुसी छु । मैले कम्तिमा आफ्ना नेपाली कामदारलाई उहाँहरुको परिवार पाल्ने जागिर दिन पाएको छु, यो नै एक आत्मसन्तुष्टि हो ।

    यहाँले कतारमा सफलता हासिल गर्नुभएको छ, नेपालमा पनि लगानीको क्षेत्र विकास गर्नुभएको छ कि छैन ?

    लगानीको हिसाबमा नेपालमा पनि लगानी रहेको छ। सामुहिक रुपमा मिलेर जलविद्युत, बैंकिङ, स्वास्थ्य, घरजग्गालगायतमा मेरो लगानी रहेको छ । तर, लगानीका लागि नेपालका केही झन्झटिला प्राबधानहरु पनि रहेका छन । त्यसलाई नेपाल सरकारले हटाउनुपर्छ । नेपालमा कति धेरै प्राकृतिक स्रोतहरु छन र सोको राम्ररी पहिचान गरेर लगानीको वातावरण नेपाल सरकारले ल्याउने हो भने अन्य क्षेत्रमा पनि लगानी गर्न सकिन्छ भन्ने लाग्छ ।

    तपाईँले नेपालमा अझैपनि लगानीको वातावरण नभएको संकेत गर्नुभयो, समस्या कहाँ भयो जस्तो लाग्छ ?

    कहीँकतै अली बढी झन्झिटिला प्रक्रिया हो भन्ने लाग्छ । समस्या के हो भने नेपालमा केही गर्न चाहने मान्छेहरुलाई सरकराले जुन किसिमको प्रोत्साहन दिनुपर्ने हो त्यसो नगरी त्यो प्रोत्साहनमा कमी छ जस्तो लाग्छ ।
    अझैपनि नेपालमा टीममा काम गर्ने कल्चर विकास भएको छैन । अर्को `ट्रस्ट´ निर्माण गर्ने कुराहरु पनि भएका छैनन् । त्यसमा लगानीको सहज वातावरण नहुनु नै हो । सरकारले लगानीकर्तालाई दिने ऋण लगायत पनि समस्या छ । विदेशमा सिकेका ज्ञान, सिप र पुँजी भित्र्याउनतर्फ पनि सरकारले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

    अन्तिममा एनआरएनएको विश्वसम्मेलन पनि नजिकिँदै छ, अबको यात्रा कता तय गर्ने योजनामा हुनुहुन्छ ?

    एनआरएनएको सन्दर्भमा बल्ल राष्ट्रिय समन्वय समितिका अधिवेशनहरु चलिरहेका छन । त्यसकारण आईसीसीमा के गर्ने भन्नेबारे मेरो निर्णय नै भइसकेको अवस्था भने छैन । तर पनि यो अभियानमा जोडिनुको मुख्य तात्पर्य यसमार्फत देशलाई केही गर्न सकिन्छ कि भन्ने नै हो । यो अभियानमार्फत बोक्दै आएका मुद्दाहरुलाई कहीँ कतै देशको विकासमा केन्द्रित गर्नका लागि साथीहरुको सल्लाह र सुझावअनुसार अगाडि बढ्ने नै छु । म युवा उपाध्यक्ष हुँ र अब उमेरका हिसावले ४० वर्षपनि यही वर्षदेखि नाघेकाले फेरि युवा उपाध्यक्ष बन्ने भन्ने कुरा उमेरले पनि दिँदैन । जहाँपनि अपग्रेटको अपेक्षा भइहाल्छ नै सोहीअनुसार पदीय हिसाबले अबको गन्तब्य उपाध्यक्ष नै हो कि भन्ने लाग्छ । सबै साथीहरुको सुझाव सल्लाहअनुसार पक्कैपनि तत्काल एउटा निर्णयमा पुगिने नै छ । अवको गन्तब्य उपाध्यक्ष नै रहनेछ ।

    बुधबार, असार २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.