• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

समाजसेवा गर्दा आनन्द लाग्छ : कार्की


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • चितवन । चाहे भुकम्प होस, चाहे बाढी पहिरो, चाहे अन्य कुनै विपद आओस । उहांँका हातहरु सधै फैलिरहन्छन । यस्ता विषम परिस्थितिमा उहांँको मन त्यसै टुलुटुलु हेरेर बस्नै सक्दैन , मुटु भतभत पोल्छ, आंँखा रसाउंँछन , ओठ काम्छन । यही कमलो मन भएका केशव कार्की आफू व्यवसायी भएर पनि समाज सेवामा उक्तिकै चर्चित नाम हो । भुकम्पको बेला पनि धादिङ र गोरखाका बिभिन्न ठाउँमा खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तु दिएर सहयोग गर्दै आउनु भएका कार्की समाजसेवाको पर्यायवाची नाम हो । दशकौं अघिदेखि आज सम्म उहांँले आफ्नो समाजसेवाको भारी बिसाउनु भएको छैन । उहांँले अहिले पनि समाजसेवाको पगरी गुथिरहनु भएको छ । उहांँको यो अनवरत यात्रा नदी जस्तै वगिरहेको छ । ‘म कसैको दुःख पीडा देख्नै सक्दिन , सहयोग गर्दा मलाई आनन्द लाग्छ ।’ कार्कीले आफ्नो मनको पोको फुकाउनु भयो ।

    Advertisement

    विभिन्न संघरसस्थालाई आर्थिक तथा रचनात्मक सहयोग गर्दै आउनु भएका कार्की भरतपुरका स्थायी बासिन्दा हुनुहुन्छ । पेशा व्यवसायले घरजग्गा व्यवसायी भए पनि उहांँले भोकालाई भोजन, गरीबलाई गास र कपास , बिरामीलाई सास दिने सारथी बन्दै आउनु भएको छ । कसैले खान पाएनन उहांँ हाजिर भइहाल्नु हुन्छ , कसैले लुगा लगाउन पाएनन उहांँलाई नै सबैले सम्झन्छन । आर्थिक अभावको कारण उपचारको अभावमा कसैले ज्यान गुमाउन नपरेस भनेर उहांँले दर्जनौं गरीब तथा दीन दुःखीलाई पनि सहयोग गर्दै आउनु भएको छ । ‘कसैले सहयोग माग्न आउंँदा मैले सक्दो सहयोग गर्दै आएको छु कसैलाई रित्तो फर्काएको छैन ।’ उहांँले परोपकारी भाव झल्काउनु भयो । यतिमा मात्र कार्की सिमित हुनु्हुन्न बेबारिसे बालबालिकाको लागि अभिभावक , अनि बृद्धबृद्धाको लागि सन्तान रुपमा भूमिका निभाईरहनु भएको छ । ‘मलाई मरिन्जेल सम्म दिन पुगोस, एकछाक खान कमी नहोस ।’ उहांँले भन्नुभयो ।

    चाहे देवघाटका बृद्धआश्रम, चाहे चितवनका चेपाङ बालबालिका संरक्षण केन्द्र एवं दर्जनौ महिला तथा बालबालिकाका संस्थाहरुको लागि भगवानको अवतारको रुपमा परिचित हुनुहुन्छ कार्की । उहांँ यतिमा मात्र सिमीत हुनुहुन्न उहांँको चितवनका सञ्चारमाध्यम संँग गहिरो नाता छ । यसैले त उहांँले तात्कालिन पत्रकारहरुको संगठन प्रेस चौतारीको जग्गा खरीदको लागि भरतपुर महानगरपालिका वडा नम्बर ११ मा लाखौं रुपमा पर्ने जग्गा दान दिइसक्नु भएको छ । यस्तै प्रेस युनियन चितवनको भवन निर्माणको लागि पनि कार्कीले पांँच लाख रुपैयांँ सहयोग गरिसक्नु भएको छ । यी त उहांँको नमुना उदारहरण मात्र हो । ‘धर्म भनेको जीउंँदो छँदानै गर्नुपर्छ , मरेपछि त आखिर खरानी नै हुने हो ।’ उहांँ अध्यात्मिक भाव दर्शाउनुहुन्छ । यसको अलावा कार्कीले विभिन्न धार्मिक मठ मन्दिर, शैक्षिक संस्थामा समेत सहयोग गर्दै आउनु भएको छ ।

    यतिमा मात्रै उहांँको पाइला रोकिएको छैन । विश्व आज कोरोना भाइरसका कारण आक्रान्त भईरहेको छ , यो महामारीमा नेपाल पनि अछुतो रहेको छैन । देश दुखिरहेको बेला र सारा नेपाली रोइरहेको बेला कार्कीको मानवीय यात्राले भने गति लिएको छ । उहांँले लकडाउन शुरु भए लगत्तै सहयोगी मन र हातलाई तीब्र रुपमा अगाडी बढाईरहनु भएको छ । ‘यस्तो महामारीको बेला मलाई घरमा बसेर समय व्यथित गर्न मननै लागेन उहांँले भन्नुभयो, मैले अहिलेसम्म सकेको सहयोग गर्दै आएको छु ।’ उहाँका अनुसार कार्कीले दर्जनौ ज्यालामजदुर, गरीब, विपन्न, बेसाहारालाई खाद्यान्न सहयोग गर्दै आउनु भएको छ ।

    आफ्नै व्यवसाय समस्यामा परेको बेला उहांँले आफ्नो मनलाई कहिल्यै बांँधेर बस्नु भएन । ‘हामीलाई त जसोतसो छाक टार्न मुश्किल नहोला, तर त्यस्ता बेसहाराहरुले न काम पाएका छन न माम नै , यो मेरो समाजिक दायित्व पनि हो ।’ उहांँले दायित्व दर्शाउनु भयो । लक्ष्मी प्रसाद देवकोटा जस्तै मन भएका उहांँले सबै आर्थिक गतिविधि ठप्प भएको बेला पनि आफू समाजसेवामा निरन्तर लागि रहनु भएको छ ।

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.