कालिका/भरतपुर महानगरपालिका १० मा रहेको बौद्धिक कामना टोल विकास संस्थाको तेस्रो अधिवेशनले पदम राज भट्टराईलाई दोस्रो कार्यकालको लागि चयन गरेको छ । शनिवार वडा अध्यक्ष प्रमेश्वर खनालको प्रमुख आतिथ्ततामा सम्पन्न भएको छैठो साधारण सभालाई सम्बोधन गर्दै सत्संग मार्गलाई ६ मिटर कायम गर्न आग्रह गर्नु भयो ।
Advertisement
साथै उहाँले यस क्षेत्रको डुवानलाई दिर्घकालिन रुपमा समाधान गर्न ढल सहितको योजना पार्ने बताउनु भयो । संस्थाको अधिवेशनले नयाँ कार्य समितिमा उपाध्यक्ष सरिता लामिछाने , सचिव होमनाथ धिमिरे, कोषाध्यक्ष उत्तममणी काफले, सहसचिवमा काशीराम वाग्ले ,सह कोषाध्यक्षमा नारायण अधिकारीलाई चयन गरेको छ ।
निर्वाचन कमिटि संयोजक भक्ति प्रसाद गौतमका अनुसार ११ सदस्यिय कार्यसमिति सदस्यमा रण बहादुर सापकोटा, गौरी पौडेल, अजिता पाण्डे , शर्मिला अधिकारी र मनहरी आचार्यलाई चयन गरेको बताउनु भयो । २ वर्षे कार्यकाल रहेको समितिको साधारण सभामा उपाध्यक्ष रविन्द्र ढुङगानाले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष पदमराज भटट्राईको अध्यक्षता रहदाँ सचिव रामजी पाण्डेले सहजीकरण गर्नु भएको थियो ।




