चितवन/भुपु सैनिकहरुले भारतीय अग्नीपथ योजना स्विकार गर्नुपर्ने माग सहित जिल्ला प्रशासन कार्यलय चितवन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली युवाहरुलाई भारतीय अग्नीपथ योजना मार्फत भएपनि भर्ती गराउनु पर्ने मागसहित चितवन् भुपु सैनिक कल्याणकारी क्लब ईकाई समिति भरतपुर १०ले ज्ञापन पत्र बुझाएको हो ।
करिब १ वर्षदेखि बन्द भएको भारतीय सैनिक भर्तीको माग सहित ईकाईका अध्यक्ष प्रेम बहादुर खड्काको टोलिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बुझाएको हो । सन् १९५० देखि शुरु भएको गोर्खा सैनिक भर्तीलाई कोरोना कहर पश्चात भारतले बिभिन्न समस्या देखाउदै अग्नीपथ योजना ल्याएको थियो । यस अग्नीपथ अन्तर्गत भारतीय सैनिक ४ वर्षै योजना हो ।
नेपाली युवाहरुलाई ४ वर्षको लागि भारतीय गोर्खा सैनिकमा भर्ती गरिन्छ । भर्ती भएको ४ वर्षपछि भारत सरकारले ७५ प्रतिशन गोर्खा सैनिकहरुलाई १२ लाख भारु अनुदान सहित फिर्ता गर्ने छ । भने भर्ती भएको २५ प्रतिशतलाई स्थार्ई सैनीकको रुपमा राखिने छन् । सो योजना अन्तरगत ४ वर्ष भित्रमा केहि घटना दुर्घटना भएमा नेपाली ८० लाखसम्मको भारतीय सरकारले क्षतिपूर्ति दिनेछन् ।
यस अग्नीपथ योजनाालाई नेपाल सरकारले अस्विकार गरेका छन् । सोहि कारण अहिने नेपाली युवाहरुको लागि भारतीय गोर्खा सैनिकमा भर्ती बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले भुपु सैनिकहरुका मागलाई सम्बन्धित पक्षसम्मा पु¥याउने प्रतिवद्वता जनाउनु भयो ।




