• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मंगोलियाबीच सहमतिपत्रमा हस्ताक्षर


  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • उलानबाटोर (मंगोलिया)/नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन् । नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एण्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्री (Research and Development Institute of Light Industry (RDILI) बीच यस विषयमा बुधबार समझदारीपत्र ( MoU) भयो । उक्त समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगर र RDILI को तर्फबाट निर्देशक Turmunkh Togmidले हस्ताक्षर गर्नुभएको थियो । समझदारी अन्तरगत नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो,अर्ध प्रशोधित भूवा तथा ऊनबाट बनेका उत्पादनहरूको नमूनाहरूलाई RDILI मा गुणस्तर परीक्षण तथा विश्लेशण गर्ने एवं यस व्यवसायमा आफ्ना ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले आपसमा जानकारी आदान प्रदान गर्नेछन् । हस्ताक्षर भएको दिन देखि लागू भएको यो सहमतीको अवधि ५ वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा यसको अवधि बढाउन सकिनेछ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा हल्का उद्योग ( Ministry of Food, Agriculture and Light Industry ) का राज्य सचिव Jambaltseren Tumur-Uyaको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मंगोलियाको उलानबाटोरमा जारी वर्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरम २०२३( World Export Development Forum- WEDF 2023 ) मा नेपाली सरकारी उच्च अधिकारी तथा निजीक्षेत्रको प्रतिनिधि सम्मिलित प्रतिनिधमण्डल सहभागीताको अवसरमा उक्त समझदारी भएको हो । चार दिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रहरूका व्यवसायिक आवाज, व्यवसायीहरूबीचको बैठक, उद्यममा यूवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तन सहित डिजिटल रूपान्तरण लगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधिहरू , विज्ञहरूबीच विभिन्न छलफल सत्रहरू संचालन भएका थिए । युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पश्मिना व्यवसायीहरूलाई उक्त सम्मेलनमा सहभागिताका लागि सहयोग गरेको हो । सोमबार सुरू भएको उक्त सम्मेलनमा निर्यात प्रवर्धनसँग सम्बन्धित विभिन्न छलफल सत्रहरू तथा व्यवसायिक सम्पर्क ( networking) का कार्यक्रमहरू संचालन भएका थिए । उक्त अवसरमा सचिव मरासिनीले ऊन तथा भूवा उत्पादनमा मंगोलियाको अनुभवबाट नेपाली पश्मिना व्यवसायीहरूले फाइदा लिन र यस क्षेत्रमा विभिन्न अनुसन्धान एवं क्षमता विकासको लागि यस समझदारी महत्वपूर्ण रहेको बताउनुभयो । RDILI का निर्देशक Jambaltseren Tumur-Uya ले मंगोलियासँग सहकार्यको समझदारीले नेपालमा नेपाली कास्मिरी उत्पादनको गुणस्तरीयता परिक्षण र विश्लेषण सहज हुनुका साथै दुवै मुलकबीच व्यवसायिक सम्बन्ध विस्तार तथा यस क्षेत्रमा नयाँ अनुसन्धानको लागि ढोका खोलिएको बताउनु भयो । पश्मिना उद्योग संघका अध्यक्ष दुगरलेकास्मिरी तथा ऊन जन्य वस्तु उत्पादन तथा निर्यातमा विश्वमा अग्रणी मंगोलियाको लामो अनुभव तथा विज्ञतालाई उपयोग गर्ने अवसर यस समझदारीले दिएको बताउनु भयो । वाणिज्य सचिव र मंगोलियाली राज्य सचिव भूपरिवेष्ठित राष्ट्रका साझा समस्याबारे कुराकानी यसैबीच नेपाल सरकारका सचिव मरासिनी र मंगोलियाका राज्य सचिव Jambaltseren Tumur-Uya बीच अन्तर्राष्ट्रिय मंचहरूमा भूपरिवेष्ठित राष्टको हितको लागि उठाइनु पर्ने आवाज बारे कुराकानी भयो ।पश्चिमना तथा ऊनको क्षेत्रमा दुबै देशका निजीक्षेत्रबीच आपसी सहयोगलाई अझ सशक्त बनाउने तथा भूपरिवेष्ठित विकासशीलराष्ट्रहरू ( Landlocked DevelopingCountries- LLDCs)ले भोगिरहेका साझा समस्याहरू तथा चुनौतिबारे अन्तर्राष्ट्रिय मन्चमा उठ्ने आवाजमा दुबै मुलुकले एक्यवद्धता जनाउनेबारे उक्त अवसरमा छलफल भएको थियो । साथै,दुवै सचिवबीच सन् २०२४ मा रुवाण्डाको किगालीमा आयोजना हुने भूपरिवेष्ठित विकासशीलराष्ट्रहरूकोतेस्रो सम्मेलनलाई उत्पादनमुलक र फलदायी बनाउने विषयमा पनि विचार आदान प्रदान भएको थियो । वर्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरमको अवसरमा भूपरिवेष्ठित विकासशीलराष्ट्रहरूको राष्ट्रिय फोकल पोइन्टहरूको बैठक पनि उलानबाटार हुँदैछ ।

    Advertisement

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.