सरकारको आगामि आर्थिक वर्षको बजेट विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको घोषणा गर्नु भएको हो ।
Advertisement
अर्थमन्त्री डा। प्रकाशशरण महतले बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस गर्नुभएको थियो । त्यसलाई सभामुख देवराज घिमिरेले संसदमा निर्णयार्थ पेश गर्नुभएको थियो । बजेट पारितसँगै सरकारलाई बजेट कार्यान्वयनको बाटो खुलेको छ । सत्तारुढ दलका सांसदहरुले बजेटको पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य दलहरुले बजेटको बिपक्षमा मतदान गरेका थिए ।




