भरतपुर/अत्याधिक गर्मी बढेसँगै चितवनका प्रायजसो होटल तथा रिसोर्टहरुमा सञ्चालन भएका स्वीमिङ पुलहरुमा पौडी खेल्नेहरुको भीड लागेको देखिन्छ । त्यसकै एउटा उदाहरण हो भरतपुर–९ शरदपुरमा रहेको फोर सिजन रेष्टुरेण्ट एण्ड पार्टी भेन्यू प्रा.लि. । जहाँ रहेको स्वीमिङ पुलमा दैनिकजसो सयौंको संख्यामा स्कुलका विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुको भीड नै लाग्ने गरेको छ ।

स्वीमिङ गर्नेहरुका लागि विशेष सुरक्षा सहित स–साना केटाकेटीहरुको लागि छुट्टै स्वीमिङ गर्ने ठाउँ भएका कारणले पनि स्वीमिङ गर्नेहरुको उल्लेख्य भीड भएको फोर सिजन रेष्टुरेण्ट एण्ड पार्टी भेन्यू प्रा.लि.का सञ्चालक ऋषिराम लामिछानेले जानकारी दिनुभयो । फोर सिजनमा स्वीमिङ बाहेक विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, विवाह कार्यक्रम, बर्थडे पार्टीसँगै विभिन्न परिकारका खाजाहरुको लागि छुट्टै रेष्टुरेण्टको समेत व्यवस्था गरिएको सञ्चालकहरु बताउँछन् ।






