रत्ननगर/रत्ननगर नगरपालिकाले यहि आउदो असारको १५र १६ गते २ दिन वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०८० आयोजना गर्ने भएको छ । यही कार्यक्रमका छलफलका लागि आयोजित बैठकको तस्बिर हो यो । बैठकमा नगर प्रमुख प्रलाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्री नारायण शर्मा, चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष गोबिन्द प्रसाद खनाल, रत्ननगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी, उबासंघका कोषाध्यक्ष उपेन्द्र शर्माको उपस्थिती रहेको हो । इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा हुने यो मेलाको संयुक्त आयोजक भरतपुर महानगरपालिका पनि हो । महानगरका तर्फबाट लेखा अधिकृत अर्जुन लामिछाने र रोजगार संयोजक सन्देश वाग्लेको उपस्थिति रहेको थियो । बैठकमा इन्स्योर परियोजनाका तर्फबाट शरण मिजार, कुश बहादुर गुरुङ र रुपा गुरुङको उपस्थिति रहेको थियो ।
वैदेशिक रोजगारबाट फर्केका र देशमै रोजगार सृजना भए यहि बसेर राष्ट्रसेवा गर्न चाहानेहरुका लागी, उच्च शिक्षा लिएर वैदेशिक शिक्षा जान चाहेका लाइ देशमै अबसर छ है भन्ने बुझाएर बाहिर जानबाट रोक्न र चितवन उद्योग संघ रत्ननगरको सहजीकरणमा उद्यमी बन्न प्रशिक्षण दिने ब्यवस्था मिलाउन मेयर प्रलाद सापकोटाले निर्देशन दिएका छन् । बैठक संचालन कार्यक्रम अधिकृत बिश्वास श्रेष्ठले गरेका हुन् ।
रत्ननगर नगरपालिकाले असार १५र १६ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना गर्ने
रत्ननगर नगरपालिकाले असार १५र १६ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना गर्ने
Advertisement
तपाईको प्रतिक्रिया




