चितवन/प्रदेश खेलकुद विकास परिषद् अन्तर्गतको नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघ, बागमतीको सदस्यमा चितवनबाट राकेशमान श्रेष्ठ र विकास राम श्रेष्ठ नियुक्त भएका छन् । परिषद्ले शारीरिक सुगठन तथा फिटनेश महासंघ बागमती प्रदेशको १५ सदस्यिय तदर्थ समिति गठन गरेको हो । समितिमा काठमाडौँ र भक्तपुरबाट ४र४, ललितपुरबाट २ र नुवाकोट, काभ्रे र मकवानपुरबाट १÷१ जनालाई सदस्यमा नियुक्त गरिएको छ ।
Advertisement





