माडी/ गर्मीका कारण विद्यार्थी र शिक्षक सबैलाई गाह्रो भइरहँदा माडी-७, जगन्नाथपुरीका नर्सरी विद्यार्थीहरु वातानुकूलित ए.सी. कक्षामा पढ्न पाएका छन् । माडी-७, वडा कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत श्री बालकल्याण आधारभूत विद्यालय जगन्नाथपुरीको ई.सि.डी. (नर्सरी) कक्षामा दुईवटा ए.सी. जडान भएको हो । ए.सी. जडान भएसंगै नर्सरी कक्षाका बालबालिकाहरु सितलो कक्षाकोठामा सहजतापूर्वक लेखपढ गर्न, खेल्न र अन्य सिकाई क्रियाकलाप गर्न पाएको विद्यालयका प्रधानाध्यापक केशवराज अधिकारी बताउनुहुन्छ । आफ्नो कार्यकालमा वडाका सबैजसो नर्सरी कक्षाहरुमा ए.सी. जडान गर्ने योजना अनुरुप सो विद्यालयबाट सुरुवात गरेको र क्रमशः अन्य विद्यालयहरुमा पनि जडान गर्दै जाने वडाध्यक्ष चन्द्रकुमारी बानियाँले जनाउनुभयो ।
Advertisement




