चितवन/चितवनको भरतपुर २३ मा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । हरियाली सामुदायिक वनमा ६० वर्षीय झन्डिल बोटे (शुकराम)को गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।
Advertisement
आईतबार साँझ ६ः३० बजे निउरो टिप्न गएकाबेला उनलाई गैडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले कालिका एफएमलाई जानकारी दिनुभयो । मृतक पुरुष भरतपुर–२३ धुर्बघाटका स्थानिय हुन् ।
तिवारीले मृतक पुरुषको शवलाई नेपला प्रहरी, शसस्त्र प्रहरी, निकुञ्ज प्रशासन र स्थानियको समन्वयमा पोस्टमाटमको लागी भरतपुर अस्पतालमा पठाएको बताउनु भयो ।




