शाखा भ्रमणको क्रममा रहनुभएको नेपाल जेसीज वर्ष २०२३ का लागि क्षेत्र ‘ख’ निरूपित उपाध्यक्ष जेसी राधिका भुषाललाई शाखामा स्वागत कार्यक्रम जेसीआई नारायणगढको सचिवालयमा मिति २०८० जेठ २८ गते सम्पन्न भएको छ।
शाखा अध्यक्ष जेसी अमर घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जेसीआई नारायणगढका उद्यमसीलता विकास निर्देशक जेसी राजेश ढकालले राख्नुभएको थियो । कार्यक्रममा जेसीआई नारायणगढका निवर्तमान अध्यक्ष जेसी अमृत श्रेष्ठकोको प्रेरणादायी उपस्थिति रहनुका साथै शाखाका पदाधिकारी एवं सदस्यको उपस्थित रहेको थियो।

Advertisement




