• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अर्थिक विधेयकमा कर सम्बन्धी व्यवस्थाका बारेमा अन्तरक्रिया


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज आर्थिक विधेयक २०८० ले प्रदान गरेको कर छुट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवं आन्तरिक राजश्व कार्यालय भरतपुरको समन्वयमा भएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटले आलु, प्याज, गेडागुडी तथा फलफुल तरकारी लगाएतका सर्वसाधरण जनताले दैनिक उपभोग गर्ने कर छुटका बस्तुहरूलाई हाल सरकारले मू.अ. कर लगाएकोमा त्यस्तो निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गर्नु भयो । यस अगावैका वर्षहरुमा मुअकर छुट भएका वस्तुमा यस बर्ष कर थप्ने र थप ३४० वस्तु तथा सेवामा अन्तशुल्क लाग्ने प्रावधान बर्तमान परिस्थिति अनुकुल नभएको बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा स्रोत व्यक्ति एवं आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत विष्णु राउत र हरीराम ढकालले व्यवसायीहरूलाई आर्थिक विधेयक २०८० ले प्रदान गरेको कर छुट सहुलियत एवं विद्यमान कर व्यवस्थामा भएका परिवर्तनका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरूले व्यवसायीहरूका गुनासाहरू सम्बोधन गर्दै करका नियमहरूका बारेमा पनि जानकारी गराउनुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले कुल ग्राहस्थ उत्पादन र रोजगारी सिर्जनामा ८० प्रतिशत भन्दा बढि योगदान पु¥याउने निजी क्षेत्रले बजेट तयार हुनुपुर्व दिएका सुझावलाई राज्यले सम्बोधन नगर्नु दुःखद भएको बताउनु भयो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष ओलीले उवासंघ चितवन सदैव व्यवसायीको हितमा रहेको बताउनु हुंदै कार्यक्रमले व्यवसायीलाई करका बर्तमान अवस्थाको वारेमा जानकारी गराएको अपेक्षा ब्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई, मुद्रण उद्योग संघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, संघका कार्यकारी निर्देशक, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी लगायत व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रम संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

     

     

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.