शनिबार फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको गणतन्त्र दिवस २०८० को शुभ अवसरमा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कुतिक कार्यक्रमका बीच प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पण्डितलाई उक्त सम्मान प्रदान गर्नु भएको हो।
प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा पुर्ब श्रम, रोजगार,तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर,विशिष्ट अतिथिका साथै जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले लगाएतको प्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्य कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित बेजोड सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।





