जीवनको आँधीबाट
क्षणभरमै मुक्तिदिने एक प्रीय आभाष
अँध्यारो रातमा हामीलाई मार्गदर्शन गर्ने एक
उज्यालो आभा
तिम्रा आँखामा मायाको हजारौ सुर्य एकैपटक उदाउछ
सँगै हामी नाच्छौं,सुन्दर मायाको देशमा
एक मीठो , लय,
एक कोमल आग्रह,
हाम्रो मायाको देशमा
बिना शर्त प्रेम उड्छ,
आत्मालाई
सम्मोहीत गर्ने संगीत बज्छ ।
यसको कोमल अंगालोमा,
हाम्रो हृदयले गाउदछ गित
र सृजना गर्दछ अहिले सम्मकै उत्कृष्ठ संगीत
पृष्ठभूमीमा बग्छ एक चिसो हावा
प्रेम कोमल हावालाई पनि माया गर्छ,
यो वसन्तमा फूल जस्तै फुल्छ,
भावनाहरूको मधुर लय उर्लन्छ दलिनमा
अनन्त मधुर बत्तिको प्रकासमा पनि उदाउछन्
हजारौ तारा प्रेमको धुन बोकेर
प्रेमको एक अपुर्व क्षितिजमा
भेटीन्छन् थुप्रै प्र्रेमील कथाहरु
सायद हाम्रो यात्राको सबभन्दा नजिकका साथी
तिनै हुनेछन् ।
जीवनको घुमाउरो बाटोमा हातमा हात मिलाएर,
हामी हिड्नेछौ पर पर क्षितिज सम्म
तिमी मेरै छेउमा छौ भन्ने आभासले मात्रै पनि
हराउछन् जिन्दगीका चुच्चे ढुङ्गाहरु
अनि फैलन्छ प्रीय सुवास
हरेक शब्दमा,
हरेक आवाजमा,
हरेक आभासमा
हरेक स्पन्दनमा
साँच्ची भन्छु
हाम्रो प्रेम
यति उज्यालो बनोस
हरेक रात ताराहरुले
अलिकति उज्यालो सापटी मागोस
हरेक रात जूनले अलिकति सितलता सापटी मागोस




