• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

चितवनमै पहिलो पटक ‘भाषा प्रशिक्षण’ हुँदै


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • भरतपुर/आफ्नै लिपि भएको तामाङ जातिका पछिल्लो पुस्ता यतिखेर भाषाविहीन अवस्थामा आइपुगेको छ । बढ्दो शहरीकरण र बसाइसराइका कारण अधिकांश तामाङ आफ्नै भाषाबाट बञ्चित छन् । पुरानै थाकथलोमा रहेका तामाङहरूले बोल्ने गरे पनि पुख्र्यौली ठाउँ छाडेका अधिकांशले भाषा बिर्सिइसकेका छन् । नेपालको सरकारी कामकाजमा मातृभाषाको प्रयोग नहुनुले पनि बिस्तारै भाषा हराउँदै गएको तामाङ अगुवाहरू बताउँछन् ।
    चितवनकै कुरा गर्ने हो भने पनि पहाडी क्षेत्र जहाँ पहिल्यैदेखि तामाङ जातिको बसोबास गर्दै आएका छन्, त्यसबाहेक सहरी क्षेत्रमा बसोबास गर्ने तामाङहरूमा बूढाबूढीबाहेकले भाषा बोल्न जान्दैनन् । आफ्नै घरमा पनि बोल्न छाडेपछि आफ्नै भाषा पनि पुस्तान्तरण हुन सकेको छैन, जसले गर्दा भाषा नै लोप हुने अवस्थामा आइपुगेको छ । मातृभाषामाथि अन्य भाषाले प्रभाव जमाउँदा तामाङ भाषा हराउन थालेको छ ।
    यही क्रम बढ्दै गएमा अबको केही वर्षभित्रै तामाङ भाषा हराउन सक्ने जोखिम बढेपछि चितवनमै पहिलो पटक तामाङ पत्रकार संघले निःशुल्क ‘भाषा प्रशिक्षण’ सञ्चालन गर्ने तयारी थालेको छ । जिल्लामा अहिलेसम्म तामाङ जातिसँग सम्बन्धित कुनै पनि संघसंस्थाले चासो नदिँदा भइरहेको भाषा पनि विरानो हुन थालेपछि संघले नै एक हप्ते कक्षा सञ्चालन गर्न लागेको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । ‘वैदेशिक रोजगारको प्रभावले पनि नयाँ पुस्तामा भाषा संरक्षणको चेत कमजोर बन्दै गएको छ,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो लागि तामाङ भाषाको प्रशिक्षण टड्कारो आवश्यकता बन्यो ।’ जेठ २७ गतेबाट असार १ गतेसम्म हुने भाषा प्रशिक्षणमा जिल्लामा रहेका धेरैभन्दा धेरैलाई सहभागी गराउने लक्ष्य लिइएको उनले बताए । संघको जेठ १३ गते सम्पन्न बैठकबाट भरतपुरमै भाषा प्रशिक्षण गर्ने निर्णय गरिएको हो ।
    संघले तामाङ समुदायमा भाषा तथा संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तालिम गर्न लागेको हो । तालिममा भरतपुर आसपासका तामाङहरूलाई भने धेरैभन्दा उपस्थिति भइदिन आग्रह गरिएको छ । एक हप्तासम्म अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिनेछन् । भरतपुर महानगरभित्रका सबै वडाबाट सहभागी गराउने लक्ष्य लिइएको तालिममा कम्तिमा पनि ६० जनाको सहभागी रहने अपेक्षा गरिएको छ । विसं २०७० सालमा स्थापना भएको संघले जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध तामाङ सञ्चाकर्मीहरूलाई समाहित गर्दै विभिन्न गतिविधिमा सक्रिय हुँदै आएको छ । संघीय समितिको तथ्यांकानुसार देशभर करिब चार सय तामाङ पत्रकार तथा सञ्चारकर्मी संघमा आवद्ध छन् ।

    Advertisement

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.