टीकापुर/टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई सरकारले झन्डै १५ वर्ष कैद मिनाहा गर्दै आममाफी दिएपछि सर्वाेच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ आज हुँदै छ। घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।
Advertisement
हत्याकाण्डका मुख्य योजनाकारका रुपमा रेशमविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरेको थियो। तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि उनी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
सोप्रति असन्तुष्टि जनाउँदै प्रहरी निरीक्षक बोहराकी पत्नी शारदा अदालत गुहार्न पुगेकी हुन्। थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते सात सुरक्षाकर्मीसहित आठजनाको मृत्यु भएको थियो।




