संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नु पर्ने बताएका छन्। ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताएका हुन्।
Advertisement
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताए। मन्त्री किरातीले शहीदहरुमाथि अपमान हुन नदिन पनि भ्रष्टाचार विरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए।




