रत्ननगर/रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडलल स्कुलले शुक्रवार विद्यालयमा प्रजातान्त्रीक प्रणालीको अभ्यास गर्दै कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा निर्वाचन सम्पन्न गरेको छ । मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, उम्मेदवारी उपर दावी विरोध, अन्तिम नामावली प्रकाशन, निर्वाचन चिन्ह प्रदान, प्रचार प्रसार, मौन अवधि जस्ता कार्यक्रमहरु विगत एक हप्ता देखि क्रमस प्रकाशित र कार्यान्वयन गर्दै शुक्रवारको मतदान कार्यक्रम अनुसार हेड ब्वाय र हेड गर्ल, चार वटा हाउसका क्याप्टेन र भाईस क्याप्टेन गरी १० जनाको पदाधिकारी छनौट हुने निर्वाचनमा ३२ जना उम्मेदवारहरुका विचमा प्रतिष्पर्धा भएको थियो ।

एक जना मुख्य निर्वाचन अधिकृत सहित, चार जना मतदान अधिकृत र चारवटा मतदान केन्द्र तोकि भएको मतदानमा प्रत्येक हाउसका विद्यार्थीहरुले आफ्नो हाउस क्याप्टेन र भाईस क्याप्टेत तथा एकजना हेड ब्वाय र हेड गर्ल छनौट गरेका थिए । मुख्य निर्वाचन अधिकृत शिक्षक भिमा कुमारी थापाले घोषणा गर्नु भएको मतगणनाको अन्तिम नतिजा अनुसार कक्षा ८ का छात्र पियुस पाण्डेले २०७ मत प्राप्त गरी हेड ब्वाय, कक्षा ८ कै छात्रा साइमा लामाले १०९ मत प्राप्त गरी हेड गर्ल चुनिएका थिए भने क्रमस यलो हाउस तर्पm अंशु प्रसाद चौधरी र ऋतिका चौधरी, ब्लुु हाउस तर्फ सन्दिपा कुमाल र श्रीमुर्ति न्यौपाने, ग्रीन हाउस तर्फ उच्चारण हुमागाई र दिनोज महत, रेड हाउस तर्फ एन्जीला शर्मा र सक्षम चौधरी हाउस क्पाप्टेन र भाईस क्याप्टेनमा विजयी भएका थिए । विजयी उम्मेदवारहरुलाई विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्त तथा प्रधानाध्यापक शंकर पौडेलले अविर लगाएर बधाई तथा शुभकामना दिनु हुँदै आगामी मंगलवार सपथ तथा पदभार ग्रहणको कार्यक्रम हुने जानकारी गराउनु भएको थियो ।




