काठमाडौं/नेपाल राष्ट्र बैंकले आइतबार २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको १२ अर्ब रुपैयाँ गरी कुल २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
Advertisement
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असार १२ गते, ९१ दिन अवधिको ट्रेजरी भदौ १२ गते, १८२ दिन अवधिको मंसिर १२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिन अवधिको १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।




