• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

विश्व बैंक,आईएलओमा कन्सल्टेन्ट भइसकेका इन्जिनीयर लक्ष्मण केसीले सिडेनको नेतृत्व लिँदै


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • काठमाडौँ/आगामी १३ जेठमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सातौ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुँदैछ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सिडेनको केन्द्रीयसँगै प्रदेशहरूको समेत कार्य समिति चयन हुनेछ । कार्यकारिणी समितिको अध्यक्ष पदका लागि विभिन्न व्यक्तिहरूले उम्मेदवारी दिएका छन् । यसै क्रममा इन्जिनियर लक्ष्मण केसी प्यानलसहित अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । विदेशमा आकर्षक जागिर छाडेर नेपालमा केही गर्ने सोचका साथ नेपाल फर्केका इन्जिनीयर केसीले सिडेनलाई प्रविधिमैत्री बनाएर सम्पूर्ण इन्जिनीयरको हक, हित र अधिकारमा लाग्ने बताएका छन् । उनले विगतमा आफूले गरेको काम र सिडेनमा गरेको योगदानको आधारमा विजयी गराउने अपेक्षा राखेको बताएका छन् । सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहेका केसीले यो पटकको नेतृत्व आफूले पाएमा धेरै काम गर्ने बताए । अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाईबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् । केसीले विश्व बैंक, आईएलओ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कन्सल्टेन्टको रूपमा समेत काम गरिसकेका छन् । अमेरिकामा मास्टरको पढाई सकेपछि केही समय पेशागत काम समेत गरेका थिए । त्यसपछि नेपाल फर्किएर अहिले आफ्नो कर्मसँगै सामाजिक कार्यमा समेत सक्रिय छन् । अहिले उनी नेपाल इन्टिग्रिडेड रिसर्च एण्ड डेभ्लपमेन्ट फाउन्डेशनको एक्जुकेटिभ डाइरेक्टर छन् । त्यस्तै एक्जुकेटिभ कन्सल्टिङ इन्जिनियर्स एण्ड प्लानर्सको डाइरेक्टर समेत छन् । के छन् योजना ? सिडेनको निर्वाचनमा ६ हजार भन्दा बढी इन्जिनियरहरूले निकै उत्साह र उमंगका साथ हेरेका छन् । त्यसका लागि उनीहरूले राम्रो मिसन र भिजन भएको सक्षम उम्मेदवार खोजिरहेका छन् । इन्जिनियर केसीले उक्त मिसन र भिजन आफूसँग रहेको दाबी गरे । अहिले देशको माग नै युवा, डेलिभरी भएको, केही नयाँ गर्न सक्ने खालको हुनुपर्छ भन्ने रहेको भन्दै संस्थाहरूमा पनि यस्तै चाहिने उनले बताए । ‘हाम्रो संस्थामा पनि राम्रो, उर्जावान, सक्षम खालको व्यक्ति आउनुपर्छ भन्ने आम इन्जिनियर साथीहरूको चाहना हो । त्यसका लागि लागि मेरो उम्मेदवारी हो’ केसीले भने । उनले अगाडि भने, उपाध्यक्ष भएको बेला थुप्रै काम गरिसकेको छु । राष्ट्रिय कन्फ्रेन्सको आयोजना गर्नेदेखि लिएर विभिन्न समितिमा चेयरमेनको रूपमा कामको अनुभव छ । सबै कुराले अरू उम्मेदवारहरूभन्दा म सक्षम छु ।’ प्रत्येक २÷२ वर्षमा सिडेनको निर्वाचन हुँदै आएको छ । यो नितान्त आन्तरिक चुनाव भएकाले यहाँ हार र जितको भन्दा पनि संस्थालाई कसरी अगाडि बढाउने भन्ने कुराको कार्यदिशामा केन्द्रीत भएको उनको भनाई छ । ‘हाम्रा थुप्रै खालका समस्या, चुनौती छन् । राज्यसँग लड्नुपर्ने थुप्रै विषय छन् । ती सबै कुरामा हामी दृढ भएर अगाडि बढ्छौ । सम्पूर्ण इन्जिनियरहरूको हक हितका लागि लड्छौं ।’ केसीले भने । अहिले मुलुकका इन्जिनियरहरूको माग र उत्पादनबारे कहीँ कतै अध्ययन नभएको उनको भनाई छ । ‘हामीसँग कति इन्जिनियर छन् । नेपालमा कतिले पढिरहेका छन् भन्ने जानकारी त आउँछ । तर बाहिर देशबाट पनि पढेर आउँछन् । उनीहरूको यकिन डाटा आएन । नेपाल इन्जिनियरिङ काउन्सिलले बल्ल लाइसेन्स दिन थालेको छ । अब यकिन तथ्यांक आउन सक्छ कि रु’ उनले भने । इन्जिनियरहरूको पेशागत हकहितका लागि समेत आफूले काम गर्ने भन्दै उनले भने, ‘हामीले उचित मूल्यमा काम गर्न पाएका छैनौं । हामीभित्रमा पनि दक्षताको कमी छ । त्यसका लागि अभिमुखीकरण चाहिन्छ ।’ अभिमुखीकरणमा लाग्ने उनको भनाई छ । सबै इन्जिनियरहरूले आफूलाई अत्यधिक मत दिएर विजयी गराउनेमा आफू पूर्ण विश्वस्त रहेको उनले बताए ।

    Advertisement

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.