चितवन/चितवको टिकौली जंगलमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ मा टाँडीबाट भरतपुरतर्फ जादै गरेको बागमती प्रदेश ०३ ००२ प ७६८८ नम्बरको स्कुटरलाई सोहि दिशाबाट जादैं गरेको ना ४ ख ६६७४ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
Advertisement
सिलिण्डर ग्याँस लोड रहेको ट्रकले ठक्कर दिदाँ स्कुटर चालक भरतपुर ११ बस्न्ने २० वर्षिय सागर तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए । स्कुटरमा सवार भरतपुर ११ निवासी २० वर्षिय विशान्त ढकाल गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




