कुरिनटार/आगामी आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम बनाउनका लागि चितवनको इच्छाकामना गाउँपालिकाले आम नागरिकसँग सुझाव संकलन गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै आम सरोकारवालाहरुसँग सुझाव माग गरेको हो । गाउँपालिकाले हाल आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम तयार गरिरहेको हुदाँ समग्र गाउँपालिकाको विकास र समृद्धिका लागि आवश्यक क्षेत्रगत निति तथा कार्यक्रमहरुका बारे आ–आफ्नो रचनात्मक,व्यवहारिक, प्रवद्र्धनात्मक, परिवर्तनमुखी सुझावहरु उपलब्ध गराईदिन अनुरोध गरेको छ ।
नीति तथा कार्यक्रममा जनताको अपेक्षालाई समेट्नका लागि सुझाव माग गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । गाउँपालिकालाई सुझाव दिदाँ गाउँपालिकामा नै आएर वा ईमेल मार्फत पनि सुझाव दिन सकिने अध्यक्ष गुरुङले बताउनुभयो । नागरिकहरुको सुझावको आधारमा निति तथा कार्यक्रम निर्माण गर्दा थप प्रभावकारी हुने उहाँको विश्वास छ ।
निति तथा कार्यक्रमका लागि नागरिकसँग सुझाव माग्दै इच्छाकामना गाउँपालिका
निति तथा कार्यक्रमका लागि नागरिकसँग सुझाव माग्दै इच्छाकामना गाउँपालिका
Advertisement
तपाईको प्रतिक्रिया




