चितवन /
भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको एकता नेपाल संस्थालाईअष्ट्रेलियामा रहेका युवाहरुले सहयोग गरेका छन । बिश्व महामारी कोरोना भाईरसको जोखिमका कारण आफुहरु बिदेशमा रहेर पनि आफ्नो जन्मभुमि प्रति आस्था र सहयोगको भावना जगाइ आफुले जे जति सक्दो, नेपालमा रहेका दिनदु:खिहरूलाई गांसबासमा केही टेवापपुगोस् भन्ने धारणाले उहांहरुले अष्ट्रेलियाबाट सहयोग गरेको दिपक थापाले बताउनुभयो ।
नेपालमा रहेकी दिलु कुमारी नेपाल मार्फत विभिन्न सामाग्रीहरू चामल ,दाल ,नुन तेल सिनिटाईजर ,माक्र्स , ग्लोप्स ( पन्जा ) लगायतको सामानहरु संस्थाकी सञ्चालक तथा संस्थापक अध्यक्ष शान्ता घलेलाई हस्तान्तरण गर्नुभयो ।राज्यले कुना कुनामा रहेका सुकुम्बासी लाई सहयोग गर्न लागि नभ्याएको अवस्थामा यसरी बिदेशमा रहेका सबैले यी युवाले माया गरिदिए झै माया गरे नेपालमा रहेका दिनदुखिहरुलाई यस विषम परिस्थितिमा गुजारा चलाउन सहज हुने घलेको भनाई छ ।
कोरोना भाईरसको यो महामारिमा पनि सुकुम्बासीहरुलाई माया गरिदिनुहुन अष्ट्रेलियामा रहनु भएका जुदिश किरण, सुमन अधिकारी, दिपक आचार्य, कमल लामिछाने, बिपुल ज्ञवाली, कृष्ण कडेंल, छवि सापकोटा, देवल भण्डारी ,डि .बि थापा, प्रकाश पौडेल ,एस के गौतम, प्रमिला न्यौपाने, भिम बिसुराल,गोबिन्द पाठक, बिबिन मिश्र लगायतका साथिहरु मिलेर ४५००० (पैतालिस हजार ) रुपैया सहयोग गरेका छन् ।
आफू भलो त जगतै भलो भने झैं स्थाई घर हर्मी ३ गोरखा, अस्थाई घर भरतपुर ४ लंकु चितवन भई हाल मेलवन अष्ट्रेलियामा रहनु भएका लोकदोहोरी गायक तथा समाज सेवी दिपक थापाले आफ्नो सहयोगी साथिहरु संग हातेमालो गदै सहयोग स्वरुप पठाउनु भएको हो ।जसले समाजमा घटेका बिश्वब्यापी महामारि कोरोना भाईरसको जोखिम परिस्थितिलाई केही राहत होस् भनी गर्नुभएको सामाजिक सोचलाई संस्थाले आजिवन नभुल्ने संस्थामा रहेकी जमुना चेपाङले बताईन् ।
अझै यस सस्थाका लागि थप सहयोग गरिदिएमा हामीले अविभावक नै विर्सने थियौ , हाम्रो अविभावक नै यी दाजुभाइ हरू नै हुन् भन्ने कुरा व्यक्त गरेका थिए ।




